Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर २९ गते बिहिबार

पाेखरा बिमानस्थलकाे परिक्षण उडान आज आउने, यस्ताे तयारि छ बिमानस्थलकाे ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।

विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एरोथाईको टोलीले गरेको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षणको प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ । 

कम्युनिकेसन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण प्रतिवेदनका आधारमा जहाज उडान तथा अवतरणको बाटो खुल्ने उनले बताए । विमानस्थल सञ्चालनको तयारीअनुसार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिसकेको छ । त्यस्तै रिट्ठेपानी डाँडा कटानको कामसमेत धमाधम भइरहेको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतको कामसमेत अघि बढेको छ । विमानस्थल सञ्चालनको तयारी तीव्र रूपमा भए पनि पहिलो अन्तर्राष्ट्रिय उडान कसले गर्ने भन्ने अझै यकिन भइनसकेको प्रवक्ता निरौलाले बताए ।

प्रतिक्रिया