Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०१ गते शुक्रबार

कंचनपुरमा भएकाे बन्द साझसम्म खुलेन, हुन सकेन सहमति बसपार्कमा हजार यात्रु अलपत्र ।

बेदकाेट नगरपालिका ७ सुडामा शुक्रवार बिहान भएकाे दुर्घटना पछि पुर्वपश्चिम राजमार्गकाे सुडा सिसैया खण्डमा गरेकाे बन्द निरन्तर चलिरहेकाे छ ।

बेदकाेट ६ सिसैयाका कबिराज बैजकाे बसकाे ठक्कर बाट मृत्यु पछि आफन्त र स्थानियले उचित क्षतिपुर्ति र चालकलाई कार्वाहिकाे माग राखि राजमार्ग बन्द गरेका हुन ।

बिहानै बाट भएकाे बन्द खुल्ने आशामा सयाै यात्रुहरुले टिकट काटेकाे करिव ४० जति बसहरु यात्रुसहित गन्तब्यमा जानका लागि बसपार्कमा कुरिरहेकाे यातायात ब्यावसायिहरुले बताएका छन ।
जिल्ला प्रहरी कार्यालयमा पिडित पक्ष र ब्यावसायि बिच सहमति नहुदा राजमार्ग बन्द खाेल्न नसकिएकाे पिडितका आफन्तले बताएका छन

मृतक बैज कन्चन कलेज महेन्द्रनगरमा ब्याचुलर पहिलाे बर्षमा अध्ययनरत थिए । बिहान कलेज जाने क्रममा बससंग दुर्घटनामा परि घटनास्लमै मृत्यु भएकाे थियाे । 


#दुर्घटना

प्रतिक्रिया