Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
पुष्कर राज जाेशी
२०७९ माघ १३ गते शुक्रबार

भीमदत्त नगरका सडकमा किन लगाईयाे खियालाग्ने सडक बत्तिका पाेल ?

भीमदत्त नगरपालीका क्षेत्रमा सुबिधा सम्पन्न सडक, नालि, बिधुत, खानेपानि, बत्ति, सडकपेटि निर्माण हुँदै छ । जस्मा १४.०१४ किलाेमिटर सडक २२.०८३ किलाेमिटर नाली र ७ सय ६८ वटा बिधुतबत्ति  पाेल सहित जडान हुँदै छन ।

क्षेत्रीय शहरी बिकास आयाेजनाले ठेक्का लगाएकाे उक्त कार्यकाे ठेक्का ९९ कराेड १८ लाख ४४ हजार ४ सय ४८ रुपैया २४ पैसामा जेडआईईसि लामा जेभि काठमाडौं ले ठेक्का लिई काम गरिरहेकाे छ ।

याे निर्माणमा प्रयाेग भैरहेका सडक बत्तिका पाेलहरु फलामे रहेका छन । जम्मा प्रयाेग हुने ७ सय ६८ पाेलमध्ये केही पाेलहरु लागिसकेका छन । सडकमा लागेका यी पाेलहरुमा लागेकाे केहिदिनमै खिया लागि सकेकाे छ । निर्माण सम्पन्न नहुदै किन खिया लाग्याे भन्ने बिषयमा समृद्धि पाेष्टले ठेक्का दिने कार्यालयका साईड हेर्ने ईन्जिनियर सन्जिप साह र ठेकेदार कम्पनिका ईन्जिनियर भुपेन्द्र सिंह संग कुराकानि गरेकाे छ ।

ठेकेदार कम्पनिका ईन्जिनियर सिंहले फलामे पाेलमा पेन्ट लगाउदा राम्राेसंग नभएकाे र पुनः पेन्ट गरि राम्राे बनाउने बताएका छन । यस्तै आयाेजनाका ईन्जिनियर साहले पाेलहरु फलामकै भएकाे यस्मा गेल्भनाईज भन्ने उल्लेख नभएका कारण यस्तै फलामका पाेलमा प्राईमर र पेन्ट लगाउनु पर्ने हुन्छ । उक्त पाेल ठुलाे भएका कारण मेसिनले बाेक्दा केही पेन्ट बिग्रिएकाे हुनसक्ने त्यस्लाई थप सुधार हुने बताएका छन । 

बजार क्षेत्रमा लागेका बत्तिपाेलहरु कमसल गुणस्तरकाे लागाएकाे झारा टार्ने र पैसा लिने कामनै ठेकेदारकाे  भएका कारण यस्ता पाेलमा खिया लागेकाे यस्मा राम्राे खिया नलाग्ने लामाे समय टिक्ने पाेल राख्ने ब्यावस्था हुन नसकेकाेमा स्थानियले चिन्ता ब्यक्त गरेका छन ।




#खिया लागेका सडकबत्तिका पाेल

प्रतिक्रिया