Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ पुष ०१ गते बिहिबार

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको बुधबार भीरबाट लडेर मृत्यु भएको हो ।

धामीको खरफागला फडानी गर्ने क्रममा लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । । दिउँसो खरफागला फडानी गर्नका लागि गएका धामी बेलुका अबेरसम्म घर नफर्केपछि खोजी गर्दा उहाँको शव भेटिएको बताइएको छ ।धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया