Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०३ गते बुधबार

विपश्यना केन्द्र निर्माणमा बिराेध, सरकारकाे लगानि डुब्न सक्ने । भिडियाे सहित

कंचनपुर जिल्लाकाे चुरेमा निर्माण गर्न लागेकाे विपश्यना ध्यान केन्द्रकाे धार्मिक वन खारेजिकाे माग अगाडि बढेकाे छ ।०७७ साल फागुनमा सुदूरपश्चिम विपश्यना साधना धार्मिक वन नामकाे धार्मिक वन डिभिजन वन कार्यालय कंचनपुरमा दर्ता भएकाे हाे ।

भिमदत्त नगरपालिकाकाे ८ काे उत्तरि चुरे भागमा रहेकाे जंगलकाे बिचमा याे वन दर्ता भएकाे छ । वनकाे अध्यक्षमा नारद पाण्डे समेत गजेन्द्र चन्द, भुवन राज जाेशी लगायतका ब्याक्ति रहेका छन । गत बर्ष प्रदेस सरकारबाट २५ लाख रकम ल्याई जंगलमा पर्खाल निर्माण गरिएकाे छ । यश बर्षपनि पर्खाल निर्माण लगायतका ३ वटा शिर्षकमा एक कराेड रकम प्रदेश सरकारबाट छुट्याएको छ ।

याे बजेट पछि झन आशंका बढेकाे भन्दै नेकपा (बहुमत), स्थानिय र चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरले चुरे वनमा निर्माण हुन लागेको ध्यान केन्द्र खारेजीको माग अघि सारेको छ । 

स्थानियका बाख्राका खाेर हटाएर बनकाे बिनास हुन बाट जाेगाउने भन्दै यहाँ वन तथा स्थानियले खाेर हटाएर वन संरक्षणकाे थालनि गरेकाे संरक्षण संजालका अध्यक्ष रविन्द्र बहादुर कुँवरले बताए । उनले थपे यसरी संरक्षण गरेकाे वनमा सिघै डाेजर लाग्ने, सिमेन्टका संरचना निर्माण हुने, विभिन्न भवन संरचना बन्ने अवस्था छ याे जंगल नाेक्सान बिना सम्भव छ ? निश्तित पनि वनका कर्मचारि यस्तै समुहहरु बिच मिलाेमताेमा बिनास हुने भएका कारण याे वन खारेजिकाे माग राखेकाे बताउछन ।

यस्तै संरक्षण कर्मि धर्मानन्द पन्तले जंगलभित्रै विभिन्न धार्मिक वन भएकाे उदाहरण दिदै त्यहाँ ध्यान केन्द्र स्थापना गर्न सकिने अवस्था हुदाहुदै किन भिन्नै वन चाहिएकाे हाे ? जहाँ हरिया सालका रुख छन त्यहि ठाउँ देखिएपछि आफुलाई आशंका बढेकाे बताउनुभयाे । यदि वन विनासकाे लक्ष्य हाेईन भने स्थानिय समेत सबैलाई समेटन सक्जु पर्थ्याे त्यस्ताे पनि देखिएन । त्यस्तै धार्मिक वन झिलिलामा ५-१० हजार पैसा सरकारले लगानि नगरि शाैचालय निर्माण हुन नसकेकाे अवस्थामा त्यहा एकै पटक २५ लाख फेरि १ कराेड रकम छुट्याएको देखेर थप शंका उत्पन्न भएकाे पन्तकाे भनाइ छ ।

सञ्जालले डिभिजन वन कार्यालय, प्रमुख जिल्ला अधिकारि, जिल्ला समन्वय प्रमुख, भिमदत्त नगरपालिका लगायतका ठाउँमा ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्र बुझाउँदै ध्यान केन्द्रका कारण चुरे बिनास भईरहेको भन्दै खारेजीको माग अघि सारेका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले उक्त विषयमा डिभिजन वनबाट निरिक्षण गर्दा कार्ययोजना विपरित कार्य भएकाे देखिएकाे पक्कि संरचना बनाउन नमिल्ने भन्दै धार्मिक वन नै खारेजी गराउने प्रकृयामा गएको बताए । बनकाे सहमति बिना रकम बिनियाेजन गरेका कारण आफ्नाे मन्त्रालयलाई रकम राेक्न माग गरेर पत्राचार गरेकाे बताए ।

धार्मिक वनका अध्यक्ष नारद पाण्डे संग समृद्धि पाेष्टले बुझ्दा विपश्यना ध्यान केन्द्रका लागि विभिन्न ठाउँमा हेर्दा यहि ठाउँ ध्यान गुरुहरुले अन्त भन्दा राम्राे छ भन्ने निर्क्याेल गरेका कारण याे ठाउँमा काम गरेकाे तर पटक पटक यसरी बिवाद भएपछि अन्यत्र समेत जग्गाकाे खाेजि गरिरहेकाे आजैपनि एक ठाउँमा जग्गा हेरेर आएकाे ठाउँ कम मात्र पाईएकाे बताए ।

आजकाे समाज विभिन्न आपराधिक काममा लागिरहेकाे युवाँहरु कुलतमा फसिरहेका कारण पनि ध्यानकेन्द्र आवश्यक रहेकाे नजिकमा ध्यान केन्द्र नरहेकाे । ध्यान केन्द्रमा सिटहरु पनि अभाव रहेकाे महिनाै कुर्नुपर्ने अवस्था रहेका कारण र टाढा गएर ध्यान गर्दा खर्च पनि बढ्ने भएका कारण यता बनाउन खाेजेकाे बताउछनु ।
यस्ता बिराेध र अन्याेलताका बिच सरकारकाे लगानि डुब्ने समस्या समेत देखिएकाे छ ।


#विपश्यना केन्द्र निर्माण

प्रतिक्रिया