Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन १९ गते शुक्रबार

उद्याेग वाणिज्य संघपछि निर्माण ब्यावसायि संघ पनि चर्काे ब्याज बिरुद्ध उभियाे ।

 बैक तथा वित्तिय संघ संस्थाको चर्को ब्याजदर बिरुद्धमा निर्माण व्यवसायी संघ कञ्चनपुर पनि उत्रिएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले शुक्रबार बैठक आब्हान गरेर वर्तमान अवस्थामा देखिएको आर्थिक संकट समाधानका लागि छलफल गरेको छ । 

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले पछिल्ला दिनहरुमा आर्थिक संकट निम्तिरहेकै बेला बैक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजदर अशुलेर निर्माण व्यवसायीलाई आत्महत्या गनुपर्ने अवस्थामा पुर्याएको बताए । ‘ऋण लिदा एक खाले ब्याजदर, ऋण लिएपछि लुटपाट जस्तै गरेका छन, ‘अध्यक्ष भट्टले भने, ‘हामीमाथि यस्तो अन्याय हुँदा समेत सरकार चुप लागेर बसेको छ ।’ 

अध्यक्ष भट्टले बैंक तथा वित्तिय संस्थाको सबैभन्दा बढि मारमा निर्माण व्यवसायी भएकाले कञ्चनपुर सहित देशभरीका निर्माण व्यवसायी संकटमा परेको बताए । ‘राज्यको पुँजिगत बजेट खर्च गरेर भौतिक पूर्वाधार विकास निर्माण गर्ने हामी नै हैँ, ‘उनले भने, ‘यसमा कुनै दुई मत छैन, तर हामी माथि नै यत्रो अन्याय भएको छ ।’ 

उद्योगी व्यवसायीमाथि यत्रो संकट हुँदा समेत केही राजनीतिक दल कार्यक्रममा आमन्त्रण गर्दा समेत नआएको अध्यक्षको गुनासो छ । 

वर्तमान आर्थिक संकट समाधान र व्यवसायी माथि परेको आर्थिक भारको समस्या समाधानका लागि सर्वदलिय पक्षीय बैठक आब्हान गरेको अध्यक्ष भट्टले बताए । 

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमविक्रम थापाले राजनीतिक दलले उद्योगी व्यवसायीबाट चन्दा र बैंकले चर्को ब्याजदर अशुलेर उद्योगी मारमा परेको बताए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले वर्तमान अवस्थाबाट मुक्त हुन सरकारले सोच्नुपर्ने बताए । 

काठ व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र थापाले पनि सबैभार व्यवसायीमाथि परेकाले समाधानका लागि सरकार जिम्मेबार बन्नुपर्ने बताए । कञ्चनपुरका राजनीतिक दलहरुले पनि उद्योगी व्यवसायीमाथि परेको आर्थिक भार संकटबाट मुक्त हुनुपर्नेमा जोडदिदै आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन । 

काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले बैंक तथा वित्तिय सघ संस्थाको चर्को ब्याज दर अव्यवहारिक भएकाले एक अंकमा झार्नुपर्ने बताए । 

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले संघियताका कारण आर्थिक भार थपिएकाले अहिले समस्या देखिएको बताए । 

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले चर्को ब्याजदर बिरुद्धमा व्यवसायीको आन्दोलन जाजय भएको र यसबाट व्यवसायी समेत आक्रान्त भएको बताए । 

नेकपा विप्लव भीमदत्त नगरका इन्चार्ज बिरेन्द्र राज जोशीले पार्टीले यस विषयमा यस अघि नै उठान गर्दै आएको बताउँदै आर्थिक संकट समाधानका लागि सही नीति आवश्यक रहेको बताए । 

कार्यक्रममा उद्योगी व्यवसायीले वर्तमान आर्थिक संकट समाधानका लागि सरकारले उचित कदम चाल्दै अघि बढ्नुपर्नेमा सुझाव दिएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका उपाध्यक्ष देव बहादुर चन्दले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, उद्योगी, व्यवसायी, निर्माण व्यवसायीको सहभागिता रहेको थियो । 

उद्याेग वाणिज्य संघ यश अघिनै आन्दाेलनमा हाेमिईसकेकाे छ ।


#चर्काे ब्याज बिरुद्ध आन्दाेलन

प्रतिक्रिया