Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
२०७९ फागुन २५ गते बिहिबार

नेपालमा पहिलाे पटक शल्यक्रिया गरेर हात्तिकाे बच्चा जन्माईयाे ।

नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिए। हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो ।  क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आएका बेला यो घटना भएपछि उनीको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा. अमिर सडौला, विकल्प कार्कीलगायत थिए ।  

दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो । 
“दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो,” डा. श्रेष्ठले भने । उनले नेपालमै पहिलो पटक हात्तीको शल्यक्रिया गरेर छावा निकालिएको बताए । 

“नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो,” डा. श्रेष्ठले भने, “बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ ।”

केही दिन पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुईरचार दिनमा सिलाइने चिकित्सकले जनाएका छन् । डा. श्रेष्ठले शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लट्ठ्याउने औषधि दिइएको पनि जानकारी दिए ।
शल्यक्रिया गरेर बच्चा जन्माइएको गण्डकीकली २५ वर्षकी हो । यो उसको दोस्रो बेत हो । यसअघि करिब तीन वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाई निकालिएको थियो । त्यस बेला छावा बचाउन नसकिएको डा। श्रेष्ठले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।


#हात्तिकाे शल्यक्रिया

प्रतिक्रिया