Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन २९ गते सोमबार

खखडेहरा पर्वकाे पुर्वसन्ध्यामा लालझाडिमा भयाे रक्तदान ।
रक्तदान गर्दै वडा ५ का अध्यक्ष पहल थापा

मंगलबारदेखि कञ्चनपुरको लालझाडी गाँउपालिकामा हुने खखडेहरा पर्वको पुर्व सन्ध्यामा रक्तदान गरिएको छ ।

रानाथारू कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा दुई दिने महोत्सवको पुर्व सन्ध्यामा सोमबार रक्तदान कार्यक्रम गरिएको हो ।

लालझाडी गाँउपालिका स्वास्थ्य शाखाको सहकार्यमा रक्तदान गरिएको गाउँपालिका प्रवक्ता आशाराम रानाले जानकारी दिनुभयो ।

उनका अनुसार थारु समुदायमा रगत नदिने भ्रम रहेकाले सो भ्रम चिर्नका लागि रक्तदान गरिएको बताए । उनका अनुसार महोत्सवको पुर्व सन्ध्यामा २५ जनाले रक्तदान गरेको बताए ।

होली पर्वको अन्त्य सँगै राना समुदायकाले मनाउने खखडेहरालाई महोत्सव मार्फत प्रदर्शन गर्ने तयारी पुरा भएको उहाँले बताउनु भयो । महोत्सवमा रानाथारु कला संस्कृति झल्किने साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारको नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार आदिको प्रदर्शनी समेत रहने रानाले बताए ।

भोली ३० र चैत १ गते लालझाडी गाउँपालिका वडा नं.३ नन्द गाउँको खेल मैदानमा खखडेहरा महोत्वस लाग्ने भएको छ । खखडेहरा पर्वकाे अवसरमा प्रदेश सरकारले मंगलबार विदा समेत दिएकाे छ ।


#रक्तदान

प्रतिक्रिया