Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ३० गते मङ्गलबार

बेदकाेट ८ मा बिकास निर्माण द्रुतगतिमा हुँदै । तिनै सरकारका याेजना प्राथमिकता साथ अगाडि बढ्दै ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि वेदकोट नगरपालिका वडा नम्वर ८ ले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । 
कञ्चनपुरको वेदकोट नगरपालिकाले स्थानीय निकायको निर्वाचन पछी संघ प्रदेश तथा स्थानीय निकायको वजेट बाट हुने विकास निर्माणका कामहरु लाई प्राथमिकताका आधारमा अघि बढाएको छ । वडा भित्र विगतका स्थानीयतहले अघि बढाएर सम्पन्न हुन नसकेका कामहरु सम्पन्न गरि नया कामहरु लाई ठेक्का पट्टा तथा उपभोक्ता समिति मार्फत अघि बढाएको छ ।

लामो समय देखीको सुकुम्वासि समस्या समाधानका लागी जग्गाको नापजाँचको समेत काम सम्पन्न गरि सकेको वेदकोट नगरपािलका वडा नम्वर ८ का वडाअध्यक्ष महेश राज जोशीले वताउनु भयो । वडा नम्वर ८ को विकासका लागी तिन तहका सरकार बाट प्राप्त बजेट अनुसारको काम यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरि द्रुत गतिमा  काम भईरहेको समेत उहाले वताउनु भयो ।

यस वर्षको बजेट अनुसार वडाकार्यालयले सडक चौडा पार्ने, नया सडकको ट्रयाक खोल्ने, जग्गाको नापजाँच गर्ने, विभिन्न सिपमुलक तालमिहरु लगायतका कामहरु सम्पन्न गरिसकेको छ भने बाकी रहेको ठाँउमा सडक, ढल निकास लगायतका विकास निर्माणका कमहरुले गति लिन थालेको छ ।


#विकास निर्माण

प्रतिक्रिया