Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ०६ गते सोमबार

महाकाली नदीमा निर्माणधिन पक्की तटबन्धको दोधारा चाँदनीका मेयर लिम्बुद्धारा निरक्षण  ।

महाकाली नदीमा निमार्णधिन तटबन्धको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले निरिक्षण गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका– १० को प्रधान टोल, सुर्खेती टोल, कुतियाकवर बस्तीलाई बाढीबाट जोगाउन संघिय सरकार र स्थानिय सरकारको सहयोगमा महाकाली नदीमा निमार्ण भईरहेको तटबन्धको दोधारा चाँदनी– १० प्रधान टोल नजिक तटबन्धको निमार्ण कार्यको अवस्था बुझ्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु निमार्ण स्थल पुगेका छन् ।

संघिय सरकारको रु. १ करोड र दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. १ करोड गरि जम्मा रु. २ करोडमा १ सय ६० मिटर पक्की तटबन्ध निमार्ण कार्य भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ । उक्त निमार्ण कार्यको जिम्मा रतौला निमार्ण सेवाले लिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका ईन्जिनियर दिपेन्द्र भट्टले बताएका छन् ।

महाकाली नदीमा पक्की तटबन्ध निमार्ण हुन थालेपछि स्थानियबासीमा खुशी छाएको छ् । तटबन्ध निमार्ण पछि सुर्खेती टोल, बैतिफाँटा, निशाने टोल लगाएत टोलमा बिगतका दिनहरुमा जस्तो बाढीको पानी नपस्ने बताईएको छ् । निरिक्षणमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले निमार्ण कम्पनीलाई निमार्ण कार्य समयमा पुरा गर्न र राम्रो कार्य गर्न सुझाव संगै स्थानियहरु संग भेट गरि निमार्ण भईरहेको तटबन्धको सुझाव लिएका  छन।

प्रतिक्रिया