Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ०७ गते मङ्गलबार

गरिब तथा विपन्नको घर निमार्ण गर्दै दोधारा चाँदनीका मेयर लिम्बु  ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले गरिब तथा बिपन्न घरपरिवारको घर निमार्ण कार्यमा जुटेका छन् । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले गरिब तथा बिपन्न घरपरिवारको घर निमार्ण गर्न लागे संगै उनिहरुमा खुशी छाएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा मेयर आवास अन्तर्गत १० घर निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

एक आवासमा जम्मा रकम रु. २ लाख ५० हजार रकम बिनियोज गरिएको छ । जसमा २ कोठा, १ बरण्डा तथा जस्तापातको आवास निमार्ण हुने बताईएको छ । निमार्ण क्रममा रहेको मेयर आवास कार्यक्रममा आज दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले घरको अवस्था तथा उनिहरु संग राय संकलन गरेका छन् । दोधारा चाँदनी– ४ निवासी करे लुहारले मेयर आवास कार्यक्रम अनुसार घर निमार्ण हुन लागेकोमा खुशी ब्यक्त गर्दै मेयर लिम्बुलाई आशिष धन्यवाद दिएका छन् ।


बिगतका दिनहरु हावा, पानीको समस्याले निकै भोग्दै आएको बताउदै करे लुहारले कयौ वर्षाको कारण सुत्न नपाएको दुख ब्यक्त गरे । ‘मेयर सा’पले घर बनाईदिन लाग्नुभएको छ । हामी गरिब परिवारको लागी निकै खुशीको दिन आएको छ’ करे लुहारले भने । आर्थिक कठिनाई भएको कारण बस्ने सुरक्षित घर निमार्ण गर्न नसकेको उनले बताए ।

दोधारा चाँदनी नगरपालिका मेयर  लिम्बुले अतिविपन्नहरुको घर निमार्ण गरिदन लागेको बताएका छन् । ‘हामीले अति गरिब परिवार त्यसैमा घर बनाउन समेत नसक्ने घरपरिवारलाई घर निमार्ण गर्न लागेका हौ’ दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले भने । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई घर निमार्ण गर्न यस चालु आर्थिक वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालयले मेयर आवास कार्यक्रम अन्तर्गत रु. २५ लाख रकम बिनियोजन गरेको हो । दोधारा चाँदनी नगपालिकाका वडा नं. ३, ४, ५, ७ र ९ वडामा रहेका बिपन्नहरुलाई छनौट गरि आवासहरु निमार्ण कार्य अघि बढाईने भएको दोधारा चाादनी नगरपालिकाका नगर प्रमुख लिम्बुले बताएका छन् । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिए संगै जनतालाई घर घरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै स्थानियहरुले मेयर आवास कार्यक्रमलाई निरन्तरता दिन माँग समेत गरेका छन् ।


#विपन्नका घर निर्माण

प्रतिक्रिया