Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
अत्तरिया
२०७९ चैत १० गते शुक्रबार

सानिमाको प्लानेट भिटीमा बित्तिय सारक्षरता

सानिमा बैंक लिमिटेड शाखा कार्यालय अत्तरियाले चैत्र ९ गते ग्लोबल मनि सप्ताह–२०२३
अन्तर्गत अत्तरियामा रहेको प्लानेट भिटीमा बित्तिय सारक्षरता कार्यक्रम सम्पन्न गरेको
छ । बदलिदो समयमा डिजिटल बित्तिय कारोबार अनिवार्य र अपरिहार्य गएकाले युवाँहरुलाई सो सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रम संचालन गरेको कुरा 
सानिमा बैंक अत्तरिया शाखाका शाखा प्रबन्धक दिनेश सिंह कठायतले बताउनुभयाे ।
नेपालमा रहेका बैंक तथा बित्तिय संस्थाहरुको बारेमा जानकारी गराउदै शाखा प्रबन्धक
कठायतले कार्यक्रमको उदघाटन गर्नु भएकाे थियाे भने शाखाका कर्जा अधिकृत पवन
जोशीले डिजिटल बैंकिङ्गको उपगोगिता, सुबिधा र चुनाैतीका बारेमा उपस्थित युवाँहरुलाई
प्रक्षिक्षण गराउनु भएको थियो । उक्त कार्यक्रमा करिब ७० जना युवाँहरुको उपस्थित रहेको
थियो । प्लानेट भिटीका प्रबन्ध निर्देशक पुष्कर शर्मा जोशीको अध्यक्षतामा संचालन
भएको उक्त कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया