Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत १० गते शुक्रबार

वेलडाँडिमा गाउँपालिकामा १५ सैयाकाे अस्पताल सिलान्यास ।

कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले अस्पताल निर्माणपछि यस क्षेत्रमा नागरिकहरूले सहजै स्वास्थ्य सेवा पाउने उल्लेख गर्नुभयो । उहाँले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । आवश्यक बजेटका लागि सम्बन्धित निकायमा आफ्नो तर्फबाट पूर्ण रूपमा पहल गर्ने उहाँको भनाइ छ । यस क्षेत्रको समग्र विकासका लागि आफूले नेतृत्व गरिरहेकोले कुनै पनि समस्याको समाधानका लागि आफू हरपल तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

शिलान्यास कार्यक्रमको सभापतित्व समेत गर्नु भएका बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले अस्पताल निर्माण भई सेवा सुचारु भएपछि यहाँका गाउँवासीले सामान्य स्वास्थ्योपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने दाबी गर्नुभयो । त्यस्तै, विशिष्ट अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति कञ्चनपुरका उपाध्यक्ष राम कुमारी रानाले निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै आफ्नो तर्फ र जिल्ला समन्वय समिति बाट आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले स्वागत मन्तव्य राख्नु भएको थियो । गाउँपालिकाले २०७९ मङ्सिर ६ गते बङलामुखी बैजनाथ जेभी धनगढी कैलालीसँग रु. १६ करोड ५१ लाख ६२ हजार ५ सय २२ भ्याट रकममा ठेक्का  सम्झौता गरेको थियो । आगामी दुई वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल कुँवरले बताउनु भएको छ ।


#अस्पताल सिलान्यास

प्रतिक्रिया