Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १३ गते सोमबार

ऋिषि पन्चमिका दिन महाकालिमा भएकाे घट्नामा पण्डितले पाए सफाई, यस्ताे थियाे घट्ना ।

सन्जु नेपाली समेत काे जाहेरिले वादि नेपाल सरकार रहेकाे जातिय छुवाछुत सम्बन्धि मुद्दामा कञ्चनपुर जिल्ला अदालतले प्रतिवादि सहदेव भट्टलाइ सफाइ दिएकाे छ , माननीय जिल्ला न्यायाधिश पदम पाण्डेयकाे इजलासले अभियाेग दावि नपुग्ने भन्दै अभियुत्तलाइ सफाइ दिएकाे हाे , गत भदौ महिनामा महाकालि नदिका पुजारी सहदेव भट्टले पिडित जाहेरवालि समेतलाइ गाेत्र साेधि पुजा नगरि दिएकाे जातिय विभेद भएकाे भनी पुजारी सहदेव भट्ट विरुद्द जिल्ला प्रहरी कार्यालयमा जाहेरि परेकाे थियाे । सरकारपक्षले जातका आधारमा विभेद भएकाे भन्दै कञ्चनपुर जिल्ला अदालतमा अभियाेग दर्ता भएकाे थियाे ।

सरकार पक्षका तर्फबाट ईजलासमा उपिस्थत सरकारि वकिल राम दत्त भट्ट र प्रतिवादिका कानुन ब्यवसायि कृष्णदत्त जाेशी समेतले आफ्नाे बहस जिकिर प्रस्तुत गरेका थिए । बहसमा उपिस्थित कानुन ब्यवसायिहरुले विधमान कानुन र ऋषिपञ्चमिकाे विधिशास्त्र  समेत जाेडेर बहसपैरवि गरेका थिए ।

ऋषि पञ्चमि महिलाले महिनावाारि हुदाकाे छुवाछुतकाे प्रायस्चित गर्न  व्रत वसि पुजा  गर्ने परम्परा रहेकाे छ । मासिक धर्मकाे समयमा ज्ञात अज्ञात रुपमा हुने छुवाछुतकाे दाेषबाट मुत्ति पाउन हिन्दु महिलाहरु ऋषि पञ्चमिका दिन भाेकाे बसेर सात ऋषि र एक महिला अरु्नधतिकाे पुजा गर्ने गर्छन । जबकि राज्यले छाउपडि प्रथाकाे कानुनि रुपमा अन्त गरेकाे छ । यस ब्रतमा श्रदालु महिलाले भने ब्रतकाे दिन विहान  नुहाईधाेइ नदिकाे किनारमा सातऋषि र अरुन्धतिकाे विशेष पुजा गर्दै आएका छन। भिडियाे यस्ताे थियाे https://youtu.be/MJbqfKB7pms

प्रतिक्रिया