Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत १३ गते सोमबार

नियुक्ति बिना शिक्षक भर्ना गरेकाे आराेपमा बैतडी शिक्षाका ६ जना बिरुद्ध अख्तियारले दर्ता गर्याे आराेप पत्र ।
फायल फाेटाे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टलगायत ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालिन जिशिअ भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय ठाकुर दनुवार, मनकाकुमारी अवस्थी, तत्कालीन स्रोत व्यक्ति हरि नाथ, बलैराज निमाविका प्रधानाध्यापक नरबहादुर कुँवर र बलैराज निमाविका  व्यवस्थापन समिति अध्यक्ष जयराज जोशीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोप जिशिअ भट्टमाथि लागेको छ।

अख्तियारले छानबिन गर्दा नियुक्ति पत्र नै नभएको गैर शिक्षक मनकाकुमारी अवस्थीलाई दोगडाकेदार गाउँपालिकाको सलसेनास्थित हुनैनाथ आधारभूत विद्यालयको व्यवस्थापन समितिबाट नियुक्ति गरिएको पाइएको थियो।

विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई जिसिअ भट्टले आफै स्वीकृत गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

हुनैनाथ आधारभूत विद्यालयबाट अवस्थीलाई दोगडाकेदारकै बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेको समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जिसिअ भट्टले पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियत पूर्वक ७४ हजार ९२० रूपैयाँ हानी नोक्सानी गराएको अख्तियारको ठहर छ।

दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम बिगो रु.७४,९२०।– (चौरहत्तर हजार नौ सय विष रुपैयाँ) कायम गरी कैद र बिगो बमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो निजबाट असुल उपर हुन माग दाबी लिइएको छ।’

आयोगद्धारा जारी आरोपपत्र
जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफै स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधाहरु निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक रु.७४,९२०।– हानिनोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो रु.७४,९२०।– (चौरहत्तर हजार नौ सय बीस रुपैया) कायम गरी कैद र विगोबमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो निजबाट असुल उपर हुन मागदाबी लिइएको छ।

जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्वर्गीय सञ्जय ठाकुर दनुवारले हुनैनाथ प्रा.वि., सल्सेनामा शिक्षक पद रिक्त नै नभएको, शिक्षक नियुक्तिको लागि अनुमतिपत्र नै माग नगरेको र उक्त विद्यालयले शिक्षक पदमा कसैलाई पनि नियुक्तिपत्र नै नदिएको अवस्थामा बिना कुनै कागजात मनकाकुमारी अवस्थीको नियुक्तिको अभिलेखीकरण गर्नको लागि टिप्पणी उठाई सो कार्यबाट गैरशिक्षक व्यक्तिले शिक्षक कायम भई तलबभत्ता लगायतका सुविधाहरु रु.७४,९२०।– लिई सरकारी हानिनोक्सानी भएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निजलाई सो कसुरमा सजायको मागदावी लिनुपर्ने देखिएतापनि निजको मृत्यु भएको देखिएकोले फौजदारी न्यायको मान्य सिद्धान्तबमोजिम निजउपर फौजदारी कसुरमा सजायको मागदावी लिनुपर्ने अवस्था नरहेतापनि “मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ को उपदफा (२) र दफा १५८ को उपदफा (२), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (क) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम” मरेको व्यक्तिको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले प्रतिवादी स्वर्गीय सञ्जय ठाकुर दनुवारको अंशियार निजको श्रीमती मञ्जुकुमारी सिंहबाट विगो रु.७४,९२०।– असुल उपर हुने प्रयोजनका लागि मात्र मागदावी लिइएको छ।

मनकाकुमारी अवस्थीले हुनैनाथ प्राथमिक विद्यालय सल्सेनाबाट शिक्षक पदको कुनै नियुक्तिपत्र नलिएको, जिल्ला शिक्षा कार्यालयबाट अवैधरुपमा दिइएको शिक्षक नियुक्तिको अभिलेख जनाइएको पत्र र उक्त विद्यालयबाट बलैराज नि.मा.वि., सुनखोलामा सरुवा भएको झुट्टो पत्र लिएर बलैराज नि.मा.वि., सुनखोलामा गई हाजिर भई नियुक्ति नै नभएको अवस्थामा समेत झुट्टो सरुवापत्रको आधारमा शिक्षक कायम भई पारिश्रमिक लिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले सोही दफामा उल्लेख भएबमोजिम ऐ ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो रु.७४,९२०।–(चौरहत्तर हजार नौ सय बीस रुपैया) कायम गरी कैद र विगो बमोजिमको जरिवाना हुन साथै हानिनोक्सानी भएको उक्त विगोसमेत निजबाट असूल उपर हुन मागदाबी लिइएको छ।

जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरि नाथले आफ्नो स्रोतकेन्द्र अन्तर्गत रहेको हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा शिक्षक पद रिक्त नरहेको, सो विद्यालयले मनकाकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्ति नगरेको, निज मनकाकुमारी अवस्थीसँग नियुक्तिपत्र नभएको जानकारी भएर पनि उक्त विद्यालयबाट बलैराज नि.मा.वि., सुनखोलामा सरुवा भएको झुट्टो पत्र लिएर निज मनकाकुमारीसँग बलैराज नि.मा.वि., सुनखोलामा गई हाजिर गराउने कार्य गरी जिल्ला शिक्षा अधिकारीको अनियमित कार्यमा मतियार भई सहयोग गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम हुन मागदाबी लिइएको छ।

बलैराज नि.मा. विद्यालय, बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवरले मनकाकुमारी अवस्थीलाई आफ्नो विद्यालयमा सरुवा हुन सहमतिपत्र नदिएको अवस्थामा र हुनैनाथ प्रा.वि., सल्सेनाको रमानापत्र नभएको जानकारी हुँदाहुँदै समेत विना रमानापत्र आफ्नो विद्यालयमा हाजिर गराई, शिक्षक पदमा कायम गरी नियुक्तिपत्र नभएको व्यक्तिलाई कानुन विपरीत पारिश्रमिक भुक्तानी दिई रु.७४,९२०।– सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएको देखिएकोले सोही दफामा उल्लेख भएबमोजिम ऐ.ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो रु.७४,९२०।–(चौरहत्तर हजार नौ सय बीस रुपैया) कायम गरी कैद र विगोबमोजिमको जरिवाना हुन साथै हानिनोक्सानी भएको विगो असुल उपर हुन मागदाबी लिइएको छ।

साथै, बलैराज नि.मा. विद्यालय बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले मनकाकुमारी अवस्थीलाई अन्य विद्यालयबाट आफ्नो विद्यालयमा सरुवा भई आउन कुनै पनि निर्णय र सिफारिससमेत नगरेको अवस्थामा र निजसँग हुनैनाथ प्रा.वि. सल्सेनाको रमानापत्र नभएको जानकारी हुँदा हुँदै समेत विना रमानापत्र आफ्नो विद्यालयमा हाजिर गराई शिक्षक पदमा कायम गरी कानुन विपरीत प्रधानाध्यापक र निजको संयुक्त दस्तखतबाट रु.७४,९२०।– पारिश्रमिक भुक्तानी दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले भ्रष्टाचार निवारण ऐनको दफा १७ मा उल्लेख भएबमोजिम ऐ ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो रु.७४,९२०।–(चौरहत्तर हजार नौ सय बीस रुपैया) कायम गरी कैद र विगोबमोजिम जरिवाना हुन एवं हानिनोक्सानी भएको विगो असुल उपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम  आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
प्रवक्ता
भोला दाहाल

#भ्रष्टाचार

प्रतिक्रिया