Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ पुष ०३ गते शनिबार

भारतमा नेपाली चढेकाे बस दुर्घटना हुदा एककाे मृत्यु, पाच घाइते ।

महेन्द्रनगर - भारत उत्तर प्रदेशकाे पलियामा नेपाली चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भारतीय यूपी०३३० पी १३७५ नम्बरकाे बस पलियामा दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिका का चार वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेहरुको पलियाकै स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर उक्त बसमा सवार थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया