Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १५ गते बुधबार

दार्चुला समाजले पुर्णागिरिका दर्शनार्थि लाई पानी बितरण गर्न सुरु ।

दार्चुला समाजले पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण सुरु गरेको छ । दार्चुला समाजले समाजिक कार्य गर्ने उदेश्यका साथ कञ्चनपुर(नेपाल) प्रवेस गर्ने पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण गरेको हो ।

दार्चुला समाज कञ्चनपुरका सदस्य आनसिह धामीले पुर्वपश्चिम महेन्द्रनगर राजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ६ ऐठपुर क्षेत्रमा निःशुल्क खानेपानी वितरण गरिएको बताए ।

उनका अनुसार निःशुल्क खानेपानी अभियानमा बालजागृती विद्यालयले समेत टेण्ट, फर्निचर उपलब्ध गराएको बताए । दार्चुला समाजका अध्यक्ष भीम बहादुर साउदले समाजिक कार्यले यहाँकाे पर्यटन प्रर्बद्धनका लागि समाजका तर्फबाट सक्दो सहयोग गरेको बताए । केहीदिनसम्म खानेपानी वितरण गरिनेछ । दार्चुला समाजले पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण गरेपछि दर्शनार्थी हर्षित भएका छन ।


#दार्चुला समाज

प्रतिक्रिया