Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १७ गते शुक्रबार

दार्चुला समाज विशुद्ध समाजिक कार्यमा अग्रसर हुनुपर्छ : जाेशी
फाेटाे- भवानि पन्त

दार्चुला समाजले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेकाे छ । आज शुक्रवार ९/११ होटेल महेन्द्रनगरमा दार्चुला समाजका सल्लाहकार सदस्य, सुदुरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक , संस्थागत सामुदायिक बिद्यालयका शिक्षक, पुर्व विभिन्न पेशाकर्मि र राजनितिकर्मिलाई बैद्धिक ब्यक्तिहरुबिच परिचयात्मक कार्यक्रम गरेकाे हाे ।

समाजका उपाध्यक्ष भवानी पन्तले दार्चुला मुल घर भै कन्चनपुर मा रहेका विभिन्न पेशा ब्यबशायी हरु का बिच आपसी परिचय, सहयोग आदानप्रदान , सम्बन्ध कायम  राखी  दार्चुलेलि हरु लाई बिबिध क्षेत्रमा सहयोग गर्दै  त्यहा को भासा संस्कृति कला को संरक्षण सम्बर्धन गर्दै आउदो पिढी मा पुस्तान्तरण गरि कंचनपुर मा रहेका विभिन्न समुदाय सङ्ग समन्वय गरि आफ्नो पहिचान उच्च राखी हरेक क्षेत्र मा नेतृत्व दायी भुमिका निर्वाह गरि  नेपाली समाज को बिकासमा उल्लेखनिय भुमिका निर्वाह गर्न यश समाज ले बिधान मा ब्यबस्था भए बमोजिम आफ्नो कार्य गर्ने अघि बढाईरहेकाे बताउनु भयाे ।                                                                     कार्यक्रमका प्रमुख अथिति पुर्व उप सभामुख भाेज राज जाेशीले कार्यक्रममा दार्चुला समाज एक विशुद्ध सामाजिक संस्था हुनुपर्ने र सामाजिक सास्कृतिक क्षेत्रमा काम गर्नुपर्ने, स्वास्थ्य र शिक्षाका क्षेत्रमा राम्राे क्षमता रहेका तर आर्थिक रुपले अगाडि बढ्न नसकेका लाई सहयाेग गर्नुपर्ने बताउदै दार्चुलामा रहेका विविध साँस्कृतिक  सामाजिक विविधतामा एकता गर्ने महत्त्वपूर्ण सामाजिक संस्था दार्चुला समाज हुन सक्ने बताउनु भएकाे छ ।

कार्यक्रम पुर्व मेनेजर लक्ष्मिदत्त जाेशी, ईन्जिनियर धर्मानन्द अवस्थि, पुर्व सभापति मान बहादुर चन्द, तारा अवस्थि, नन्दा धामि, सुरेन्द्र राज जाेशी, शंकर भट्ट लगायत विभिन्न ब्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।
यसपुर्व समाजले बैङ्किग, ब्यावसायि लगायतसंग परिचयात्क कार्यक्रम सम्पन्न गरिसकेकाे छ ।                                                                                 


#दार्चुला समाज

प्रतिक्रिया