Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत १९ गते आइतबार

आशा लघुबित्तमा लाग्याे बहुमतकाे ताला, पासबुक नियन्त्रणमा राखेकाे आराेप ।

शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा नेकपा बहुमतले तालाबन्दी गरेको छ ।

किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको भनी तालाबन्दी गरेको नेकपा बहुमतका एक प्रतिनिधिले बताए ।
सेयर सदस्यहरुको गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको अनि हिसाबकिताब पारदर्शी नभएको र सेयर सदस्य हरुको बचत पास बुक नियन्त्रणमा राखेको भनी तालाबन्दी गरेको हो ।

सेयर सदस्यहरुलाइ ब्याजदर /सेवा शुल्क घटाउन माग गर्दा सुनुवाइ गर्नुको सट्टा उल्टै लघुबित्त बाट हटाउने सेयर र बचत पनि फिर्ता नदिने धम्की दिने गरेको भनी आपत्ति जनाएको छ ।


#लघुबित्त

प्रतिक्रिया