Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
झलारि
२०७९ चैत २० गते सोमबार

लघुबित्त र मिटरब्याजि बिरुद्ध शुक्लफाँटामा बहुमतले गर्याे विशाल प्रदर्शन । भिडियाे सहित

नेपाल कम्युनिष्ट पार्टी (बहुमत ) शुक्लाफाँटा नगर कमिटीद्वारा शुक्लाफाँटा नगरपालिका वडा न.-८ काे नौखरी र पारिफाँटामा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ । नेपालभरी भइरहेको चर्को बैंक ब्याजदर, मिटर ब्याज आतंक, लघुबित्त आतंक, सहकारी आतंक लगायत भ्रष्टाचार र दलाली तथा राष्ट्रिय उद्योग बेच्ने राष्ट्रघाती कदम बिरुद्ध बिशाल मसाल जुलुस निकालेको बहुमत शुक्लफाँटाले जनाएको छ ।

अहिलेकै अवस्थामा सहकारी लघुबित्त र मिटर ब्याजिहरुले यस्तै गतिविधि गरे गाउँ गाउँ बाट लखेट्ने नेकपा बहुमतका शुक्लाफाँटा नगर इन्चार्ज बहादुर सिँह महरा ‘सन्दर्भ’ ले बताएका छन ।

नेकपा बहुमतले आईतवार झलारीमा रहेको आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा नेकपा बहुमतले तालाबन्दी समेत गरेको छ ।

किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको भनी तालाबन्दी गरेको बहुमत स्राेतले जानकारी दिएकाे छ ।
सेयर सदस्यहरुको गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको अनि हिसाबकिताब पारदर्शी नभएको र सेयर सदस्य हरुको बचत पास बुक नियन्त्रणमा राखेको भनी तालाबन्दी गरेको हो ।
सेयर सदस्यहरुलाइ ब्याजदर /सेवा शुल्क घटाउन माग गर्दा सुनुवाइ गर्नुको सट्टा उल्टै लघुबित्त बाट हटाउने सेयर र बचत पनि फिर्ता नदिने धम्की दिने गरेको भनी आपत्ति जनाएको छ ।


#लघुबित्त बिरुद्ध नाराजुलुस

प्रतिक्रिया