Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०७९ चैत २० गते सोमबार

बैतडिमा जिप दुर्घटना १ काे मृत्यु ११ घाईते ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पन्देचेश्वर  बाट देहिमाण्डाैका लागि छुटेको से १ ज २९५ नम्बरकाे जिप सोमबार बिहान ११ः३० बजेतिर दुर्घटना हुँदा पञ्चेश्वर–५ मसिनाका ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

जिपमा रहेका बाँकी ११ जना घाइते भएका र उनिहरुलाई घटनास्थलबाट अस्पताल लैजाने काम भइरहेको प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो । घाइतेको परिचय खुल्न बाँकी छ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित सुरक्षा निकायका प्रमुखहरुको टोली समेत घटनास्थलतर्फ गइरहेको छ ।


#जिप दुर्घटना

प्रतिक्रिया