Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०७९ चैत २२ गते बुधबार

दाेधारा चाँदनी नगरपालिका द्वारा माईति नेपाल कंचनपुर संयाेजक सम्मानित ।

कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई सम्मान गरेको छ् ।

मानव बेचबिखन नियन्त्रणमा उल्लेखनिय कार्य गरेको भन्दै माईती नेपाल कञ्चपुरका  संयोजक महेश्वरी भट्टलाई दोधारा चादनी नगरपालिकाले सम्मान गरेको हो ।

भारतिय सिमा संग जोडिएका कञ्चनपुरका दोधारा चादनी नगरपालिका लगाएत अन्य क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा उल्लेखनिय कार्य गरेको भन्दै बुधवार एक कार्यक्रमको बिच माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई दोधारा चादनी नगरपालिकाले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।


माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई सम्मान गर्दै दोधारा चादनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका दोधारा चादनी नगरपालिका लगाएत कञ्चनपुर क्षेत्रमै राम्रो काम गर्दै आएको बताउनु भयो । महिला भएर पनी भारतमा वेचविखनमा परेका महिला दिदिवहीनहिरुको उद्धारमा विभिन्न जोखिम मोलेर खटिएको भन्दै आगामी दिनमा समेत यात्रा निरन्तरताको शुभकामना समेत दिनु भएको छ ।

यसै गरि दोधारा चादनी नगरपालिकाका न्यायीक समिति सदस्य कमला उपाध्यायले माईति नेपाल संयोजक भट्टले वेचविखनमा परेका थुप्रै महिला दिदी वहीनीहरको उद्धार गर्नु भएको कारणे सम्मान गरिएको बताउनु भयो । साथै उहाले नगरपालिकाको न्यायीक समितिमा पनी यस्ताखालका मुद्दाहरु आउने गरेको हुनाले माईति नेपालको सहयोग रहदै आएको पनी वताउनु भयो ।

नगरपालिकाको सम्मान पछी माईति नेपालकी संयोजक महेश्वरी भट्टले आफुलाई पिडित महीला दिदीवहीनीहरुको लागी अझै शसक्त भएर काम गर्ने हौसला मिलेको वताउनु भएको छ । उहाले आफु एक्लैको प्रयाशले भन्दापनी सबैको साथ सहयोग बाट आफुले काम गर्न सकेको वताउदै आगामी दिनहरुमा पनी सहयोगको अपेक्षा गर्नु भएको छ ।

विभिन्न प्रलोभनमा पारेर दलालहरुले चेलिबेटीहरुलाई कञ्चनपुरका बिभिन्न नाका भएर बर्षेनी भारत तथा तेस्रो मुलक लैजाने गरेका छन् । माईती नेपाल कञ्चनपुरले उपलब्ध गराएको तथ्यांङक अनुसार चालु बर्षको अवधिमा २ सय ११ जनाको खोज तलास उजुरी निबेदनमा ५० जनाको महिला तथा बालबालिका फेला पारेर उद्धार गरिएको, जोखिममा रहेका १ सय ३७ जना महिला तथा बालबालिकालाई सिमा क्षेत्रबाट फर्काइएको ३० जना महिला तथा बालबालिकालाई भारतको बिभिन्न रेडलाईट क्षेत्रबाट उद्धार गरि परिवार संग पुर्नमिलन गराईएको छ ।

माईती नेपाल कञ्चनपुरले नेपाल–भारतको मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै सिपमुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेकोे छ् ।

प्रतिक्रिया