Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत २३ गते बिहिबार

समयमा शहरि बिकासले बिधुत पाेलकाे स्विकृति दिन नसक्दा भिमदत्तकाे निर्माण भयाे ढिला ।

भिमदत्त नगरपालीका क्षेत्रमा सुबिधा सम्पन्न सडक, नालि, बिधुत, खानेपानि, बत्ति, सडकपेटि निर्माण हुँदै छ । जस्मा १४.०१४ किलाेमिटर सडक २२.०८३ किलाेमिटर नाली र ७ सय ६८ वटा बिधुत सडक बत्ति  पाेल र बिधुतका पाेल र लाईन सहित जडान निर्माण हुनुपर्ने हाे ।

क्षेत्रीय शहरी बिकास आयाेजनाले ठेक्का लगाएकाे उक्त कार्यकाे बिधुत लाईन सार्ने र जडानकाे काम अहिले सुरु समेत हुन सकेकाे छैन ।

यसरी बिधुतका पाेल सार्न र जडान गर्नका लागि बिधुत प्राधिकरणले सम्पुर्ण स्टिमेट सहित शहरि बिकास लाई पठाएको बताएको छ । उता शहरि बिकासका ईन्जिनियर सन्जिप शाहले आएकाे स्टिमेट स्विकृतिका लागि माथि विभागमा पठाएको बताउनु भयाे तर अहिले समाचार तयार पार्दा सम्म निर्णय भएर नआएकाे बताएका छन ।
भिमदत्त नगरमा ११ मिटरकाे बिधुत पाेल र लाइन १० दशमलव ४० किलाेमिटर र ९ मिटर पाेलकाे ६ लशमलव ७१ किलाेमिटर बन्नुपर्ने ईन्जिनियर शाह बताउनुहुन्छ ।

यत्ति लामाे बिधुत लाईनकाे निर्माण स्वीकृति काममा लगाउने विभाग आफैले समयमा दिन नसक्दा पुरानाे पाेल सहितकाे बाटाे पिच गराउन लगाएकाे देखिन्छ ।

निर्माण कम्पनि ईन्जिनियर हरुका अनुसार बिधुतका पाेल समेत लाईनकाे स्वीकृति नमिलेका कारण लाइन सार्न नसकेकाे हाे नभए सजिलाे तरिकाले लाईन सारेर एकै पटक सडक लगायत निर्माण गर्न सकिन्थ्याे तर स्वीकृति अभावमा पटक पटक काम गर्नुपर्ने अवस्था आएकाे मात्र नभएर समय काम समेत सम्पन्न गर्न नसकिएकाे बताउछन ।

कन्सलटेन्सि कम्पनिले सुरुमा ९ मिटर पाेल सहितकाे स्टिमेट गरेकाे भएपनि पछि बिधुतका पाेल र लाईन ठाउँ अनुसार ११ मिटर र ९ मिटरकाे राख्नु पर्ने बिधुतले बताए पछि । दाेस्राे पटक नयाँ स्टिमेट र स्वीकृति आवश्यक परेकाे हाे । 


#बिकास निर्माण

प्रतिक्रिया