Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत २४ गते शुक्रबार

मानव बेचबिखन बिरुद्ध काम गर्ने अब्बल संस्थाकाे स्थापना दिवसमा महेन्द्रनगरमा शान्ति र्याली ।

मानब बेचबिवखन बिरुद्ध कार्यरत संस्था माइति नेपालले बृहत शान्ति र्यालीको आयोजना गरेको छ ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना अभिबृद्धि गर्न र्यालीको आयोजना गरिएको हो ।

संस्थाको ३१औं बार्षिकोत्सवका अवशरमा माइति नेपाल कञ्चनपुरले जिल्ला सदरमुकाम महेन्द्रनगर देखि शुरु गरेको र्याली पश्चिमी सिमा नाका गड्डाचौकी पुगेर कोण सभामा परिणत भएको थियाे ।
सदियौं देखि नेपाली समाजमा जरो गाडेर रहेको मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध  नियन्त्रणका लागि संघर्ष गर्ने संस्थाहरु मध्ये माइति नेपाल सबै भन्दा पुरानो गैर सरकारी संस्था हो ।

संस्थाले कञ्चनपुर जिल्लामा शाखा बिस्तार गरे यता मात्रै  बेचविखनको जोखिममा रहेका तीन हजार तीन सय १८ जना महिला तथा बालबालिकाको गड्डाचौकी सिमानाका बाट उद्धार गरेको कंचनपुर संयाेजक महेश्वरि भट्टले बताउनु भयाे। सिमा नाका गड्डाचौकीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै संयोजक  भट्टले भनिन्– माइती नेपाल कञ्चनपुरले मात्रै भारतका बिभिन्न कोठीहरुमा बेचीई सकेका दुई सय १८ जना महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना गरिसकेको छ । ५० जना बिरुद्ध मानब बेचविखन तथा ओसारपसारका मुद्धा दर्ता गरेको छ । यो अवधि भर दुई हजार सात सय ५० जना महिला तथा बालबालिका हराएर खोजतलासका लागि निवेदन प्राप्त भएकोमा ती मध्ये चार सय ४८ जना मात्रै फेला परेका छन । बांकी कहां र कस्तो अवस्थामा छन, कुनै अत्तोपत्तो छैन ।


संयोजक भट्टका अनुसार मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका सवालमा पछिल्लो समय कानुनी तथा नीतिगत रुपमा केही सुधार भए तापनि समस्या अझै जटिल नै रहेको छ । मानव बेचविखन तथा ओसारपसारको स्वरुप र आयाममा मात्रै परिवर्तन आएको छ । तर बेचविखनमा भनी कमी आउन सकेको छैन । भट्टले भनिन्–बेचबिखनमा कमी आएको छैन,स्वरुप मात्रै परिवर्तन भएको हो । बरु दिनानुदिन समस्या अझै जटिल बन्दै गएको छ ।  

मानव बेचविखन तथा ओसारपसार बिश्वब्यापी अपराध भएको हुंदा यस्को नियन्त्रण कुनै पनि एकल पक्ष बाट सम्भव छैन । समाज र सरकारका हरेक तह र तप्का बाट यस्तो जघन्य अपराध नियन्त्रणका लागि निरन्तर साथ र सहयोगको आवश्यकता रहेको कुरामा जोड दिएका छन

संयाेजक भट्टले जनचेतना अभिबृद्धि गर्न आयोजना गरिएको उक्त र्यालीमा सकृय सहभागिता जनाई सहयोग गर्ने सबै बिद्यालय, शिक्षक, बिद्यार्थी, अधिकारकर्मी,संघ संस्थाका प्रतिनिधि, प्रहरी,प्रशासन, सञ्चारकर्मी, उद्योग ब्यवसायी तथा आम नागरिकलाई धन्यबाद दिंदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा समेत राखेको बताउनु भयाे ।

आजकाे र्यालि र्माइती नेपालको शाखा कार्यालय महेन्द्रनगरबाट शुरु भई गड्डाचौकी सिमानाकामा समापन गरिएको र्यालीमा झण्डै २५० जनाको सहभागिता रहेको थियो ।


#माईति नेपालकाे र्यालि

प्रतिक्रिया