Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत ३० गते बिहिबार

अख्तियारले भिमदत्तमा के गरे बाफत के के दाबि छ बिस्तृतमा ।


भीमदत्त नगरपालिकाले आ.व. २०७९/०८० मा महाकाली नदीमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल) को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ हुने गरी बदनियतपूर्ण ढंगले आर्थिक लाभ गराई राज्यलाई हानिनोक्सानी पुर्‍याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भीमदत्त नगरपालिका, कन्चनपुरले आ.व. २०७८/०७९ मा महाकाली नदिबाट नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का नं. ७/आ.आ-३३३६६/२०७८/०७९ को ठेक्कामा भीमदत्त नगरपालिका कन्चनपुरले भवानी कन्स्ट्रक्सन प्रा.लि., कन्चनपुरसँग ठेक्का सम्झौता गर्दा रु.५,४३,३१,८२७।७६ (पाँच करोड त्रिचालीस लाख एकतीस हजार आठसय सत्ताइस रुपैयाँ छयहत्तर पैसा) बराबरको राजस्व रकम हानिनोक्सानी गरेको कसुर पुष्टि हुन आएको हुँदा सो सम्बन्धमा देहायका ब्यक्तिले देहायबमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई देहायबमोजिम सजायको मागदाबी गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम बुधबार विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेकाे हाे।

यस्ताे छ अख्तियारकाे मागदाबि ।

भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायले आर्थिक बर्ष २०७८/०७९को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्वन्धी ठेक्‍का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का सम्बन्धमा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७८ को दफा ८ मा प्राकृतिक स्रोत कर अन्तर्गतको माटो, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडाको संकलन गर्दा अनुसूची ६ बमोजिमको न्यूनतम दरलाई नजरअन्दाज गरी पुष्कर प्रसाद भट्ट संयोजक र गोविन्द राज उपाध्याय सदस्यसमेत भएको बोलपत्रको मूल्याङ्‍कन समितिले निर्णय गरी ठेक्‍का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का भवानी कन्स्ट्रक्शन प्रा.लि.लाई प्रत्यक्ष लाभ पाउने गरी सम्झौता गरी मु.अ. करसमेत रु.१,९५,७२,१०७।७९ बराबरको नगरपालिकाको राजस्व चुहाबट गरेको हुँदा निजहरु पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोले भीमदत्त नगरपालिकाको तर्फबाट सम्झौता गर्ने निज पुष्कर प्रसाद भट्ट र सम्झौतापत्रको साक्षीमा रही हस्ताक्षर गर्ने गोविन्द राज उपाध्यायलाई रु.१,९५,७२,१०७।७९ (एक करोड पन्चान्नब्बे लाख बहत्तर हजार एक सय सात रुपैयाँ उनान्असी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम निजहरु पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोव्वर जरिवाना हुन समेतको सजाय हुन।
साथै श्री भवानी कन्स्ट्रकशन प्रा.लि.सँग भीमदत्त नगरपालिकाको सम्झौता हुँदा नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त “क” बर्गको बाणिज्य बैंकबाट जारी भएको बैङ्‍क जमानत नलिई भीमदत्त नगरपालिकाको तर्फबाट ठेक्का सम्झौतामा हस्ताक्षर गरी नगरपालिकालाई मु.अ. करसमेत रु.३,४७,५९,७१९।९७ (तीन करोड सत्चालिस लाख उनन्साठी हजार सात सय उन्नाईस रुपैयाँ पैसा सन्तानब्बे) सरकारी रकम हानिनोक्सानी गरी निजहरु पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निजहरु पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायलाई रु.३,४७,५९,७१९।९७ (तीन करोड सत्चालीस लाख उनन्साठी हजार सात सय उन्नाईस रुपैयाँ पैसा सन्तानब्बे) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम निजहरुलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय र ऐ. दफा 3 को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगोसमेत ऐ. दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको छ।
(ख) भीमदत्त नगरपालिका कन्चनपुरका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल (सहायक पाँचौ) दिपेन्द्र चौधरीले आर्थिक बर्ष २०७८/७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्‍का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का सम्बन्धमा हिमालय सिंह ऐरको संयोजकत्वमा सुबास अधिकारी, बिष्णु देव भट्ट, दिपेन्द्र चौधरी सदस्यसमेत भएको खरिद ईकाई बैठकले महाकाली नदीको प्राकृतिक स्रोत नदीजन्य पदार्थको रोयल्टी उठाउने गरी बोलपत्र पुस्तिका तयार गरी स्बीकृतिको लागि पेश गरी सोही बोलपत्रको आधारमा ठेक्का सम्झौता हुँदा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७८ को दफा ८ मा प्राकृतिक स्रोत कर अन्तर्गतको माटो, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडाको संकलन गर्दा अनुसूची -६ बमोजिमको प्राकृतिक स्रोतको करको कायम दररेट अनुसार बोलपत्र पुस्तिका तयार नगर्दा रु.१,९५,७२,१०७।७९ बराबरको राजस्व चुहाबट गरी सरकारी रकमको हानिनोक्सानी भएको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निजहरु हिमालय सिंह ऐर, सुबास अधिकारी, बिष्णु देव भट्ट र दिपेन्द्र चौधरीलाई रु.१,९५,७२,१०७।७९ (एक करोड पन्चान्नब्बे लाख बहत्तर हजार एक सय सात रुपैयाँ उनान्असी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोव्वर जरिवानासमेतको सजायको हुन।
साथै निजहरुले यथार्थरुपमा जाँचबुझ गरी बोलपत्रसहितको प्रतिवेदन तयार गर्नुपर्नेमा सो नगरी बदनियतपूर्बक भए गरेका कुरा लुकाईछिपाई खरिद प्रतिवेदन तयार गरी स्वीकृतिको लागि पेश गर्ने खरिद ईकाइका संयोजक तथा सदस्यहरु इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल (सहायक पाँचौ) दिपेन्द्र चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजायको मागदावी समेत लिइएको छ।
(ग) श्री भवानी कन्स्ट्रक्शन प्रा.लि.को संचालकहरु ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट, भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमति खगेश्वरी भट्ट र श्री भवानी कन्स्ट्रक्शन प्रा.लि. कन्चनपुरको हकमा आर्थिक बर्ष २०७८/७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्वन्धी ठेक्‍का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का सम्बन्धमा भीमदत्त नगरपालिकासँग सम्झौतामा फरकफरक दररेट उल्लेख गरी आफूलाई आर्थिक लाभ हुने गरी सम्झौता गर्दा राजस्व चुहावट वापत मु.अ.कर समेत रु.१,९५,७२,१०७।७९ हानिनोक्सानी भएको र भिमदत्त नगरपालिकासँग बैङ्क जमानत राखी सम्झौता गर्नुपर्नेमा सो नगरी सम्झौता गर्दा मु.अ. करसहित रु.३,४७,५९,७१९।९७ नगरपालिकालाई प्रत्यक्ष हानिनोक्सानी पुर्‍याई प्रतिवादी भवानी कन्स्ट्रक्शन प्रा.लि. तथा संचालक केशवराज भट्ट र सोही प्रा.लि.का आधिकारिक प्रतिनिधि दिवाकर भट्टले राजस्व र जमानतसमेत गरी रु.५,४३,३१,८२७।७६ गैरकानूनी लाभ लिई भीमदत्त नगरपालिकालाई हानी पुर्‍याएको हुँदा निजहरु ईश्वरी प्रसाद भट्ट,, दिवाकर भट्ट र भवानी कन्स्ट्रक्शन प्रा.लि.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा रु.५,४३,३१,८२७।७६ (पाँच करोड त्रिचालीस लाख एकतीस हजार आठसय सत्ताईस रुपैयाँ पैसा छयाहत्तर) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय तथा बिगो जफत समेतको सजाय हुन एवं प्रतिवादी ईश्वरी प्रसाद भट्टको मृत्यु भएको देखिएकोले अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्वान्त एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२) र १५८ को उपदफा (२) सहितको कानूनी व्यवस्थाबमोजिम निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ उपदफा (२) र दफा १५८ उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले ईश्वरी प्रसाद भट्टको मृत्यु भईसकेको अवस्था भएकोले निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियार निजको श्रीमती प्रतिवादी खगेश्वरी भट्टबाट विगो रु.५,४३,३१,८२७।७६ असुलउपरको लागि मात्र मागदाबी लिइएको छ। अख्तियारले उल्लेख गरेकाे छ ।


#महाकालि राेयल्टिमा अख्तियारकाे मुद्दा ।

प्रतिक्रिया