Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत ३० गते बिहिबार

महाकालिमा राजस्व चुहावट राेक्न एमाले लाई बुझाए पाँच दलले ज्ञापन । समास्या समाधान नगरे आन्दाेलनमा उत्रिने एमाले चेतावनि ।

कंचनपुरकाे महाकाली नदिमा नदिजन्य बस्तुकाे राजश्व चुहावट नियन्त्रणमा पहल गरिदिन नेकपा (एमाले) भिमदत्त नगरकमिटि लाई पाँच दलले ज्ञापनपत्र बुझाएका छन ।

भिमदत्त नगरपालिका ११,१२ र १३ वडामा महाकालिकाे नदिजन्य बस्तुकाे राजस्व संकलन गर्न नगरपालिका आफैले राजस्व संकलन गर्न कर्मचारि खटाइएको छ ।
उक्त ठाउँका स्थानियले हप्ता दिन पहिला नगरपालिका लाई राजस्व संकलनमा डिजिटल काराेबार गर्न, सिसि क्यामरा जडान गर्नुपर्ने लगायतका ७ बुदे माग राखेर नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । यसरी हप्ता दिन सम्म पनि सुधार गर्न कुनै सुरसार नभएकाेले एमाले नगर कमिटिलाई ज्ञापनपत्र बुझाएकाे उल्लेख गरेकाे छ ।
एमालेका वडा ११ अध्यक्ष गिता ओली, माओवादि प्रतिनिधि चन्द्रसिह धामि, राप्रपाका राेषन बिष्ट, एकीकृत समाजवादिका सुरेश दत्त भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टिका गाेबिन्द वल्लव पन्तले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन ।

ज्ञापन पत्र बुझेपछि एमाले भिमदत्त नगरकमिटि अध्यक्ष हिमाल चन्दले एक प्रेस बिज्ञप्ति जारि गर्दै राजस्व संकलन जस्ताे गम्भीर बिषयमा स्थानिय जनसमुदायले सराेकारबाला निकायकाे चरम लापर्वाहि, उदासिनताले दैनिक लाखाै राजस्व रकम हिनामिना भैरहेकाे बिषउमा तत्काल कडा कदम चाल्न माग गर्दा बेवास्ता गरेकाे कुराकाे खेद प्रकट गर्दछाै बिज्ञप्तिमा भनिएकाे छ ।
बिज्ञप्तिमा भनिएकाे छ महाकालि कसनारका सराेकारबाला ब्याक्तिहरुले उठान गरेकाे संघर्षकाे कार्यक्रममा एक्यवद्धता रहेकाे । याे बिषय समस्या समाधान नगरे एमाले समेत आन्दाेलन उत्रिने बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

चार देखि छ कराेड सम्म ठेक्का जाने गरेकाे महाकालीको राेयल्टिमा चैत्र महिना  सम्म एक कराेड राजस्व उठ्न सकेकाे छैन । राजस्व उठाउने समय घर्किदै गएकाे छ । असार मसान्त सम्म नदिजन्य पदार्थ बिक्रि गर्न सकेमा समेत जम्मा ९० दिन बाकि छ । छ महिना सम्म कराेड राजस्व उठाउन नसक्नेले बिगत बर्षकाे जति राजस्व तीन महिनामा संकलन हुने अवस्था देखिदैन ।

यसरी प्रतिबर्ष राजस्व बढेर संकलन हुनुपर्ने भएपनि गत बर्षकाे तुलनामा न्यून मात्र राजस्व संकलन हुने अवस्था देखिएकाेले स्थानिय राजस्व छलि हुने गरेकाे भन्दै राजस्व राम्राे तरिकाले संकलन गर्न लागि परेकाे स्थानिय सुवास सिह धामि बताउछन ।


#महाकालि राेयल्टि संकलन

प्रतिक्रिया