Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख ०४ गते सोमबार

दोधारा चाँदनीको चाँदनी बजारमा छालाको जुत्ता बनाउने ब्यवसाय संचालन ।

दोधारा चाँदनी नगरपालिकामा छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय संचालनमा आएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाको सहयोगमा दोधारा चाँदनी नगरपालिका– ४ चाँदनी बजारमा रेशम बादीले छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय संचालनमा ल्याएका हुन् ।

परियोजनाले रेशम बादीलाई तालिम संगै ब्यवसाय गर्दा लाग्ने औजारमा सहयोग गरेपछि छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय संचालन गरिएको रेशम बादीले बताएका छन् । एक कार्यक्रमको बिच छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसायको समउद्धघाटन गरिएको हो ।

उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदमर सिंह रावल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष शुनिल बुढा लगाएत बजार ब्यवस्थापनका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमै छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय पहिलो पटक संचालनमा आएको चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष शुनिल बुढाले बताएका छन् । स्थानिय स्तरमा उत्पादन भएका छाला तथा फाइबरको जुत्ता उत्पादनले राम्रो बजार पाउन चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष बुढाको भनाई रहेको छ् । जुत्ताका लागि आवश्यक पर्ने कच्चा पदार्थ रेशम बादीले फाइबर, इभा, सोल लगाएतका सामान सिमावर्ती भारतिय बजार तथा शदरमुकाम महेन्द्रनगर बजारबाट ल्याउने गरेका छन् । ‘कच्चा पदार्थ चाहि सबै बाहिरबाट ल्याउनुपर्छ, गाँउको कुनै पनि कच्चा पदार्थ यहाँ प्रयोग गरिदैन,’ रेशम बादीले भने । ‘छालाको जुत्ता भन्दा फाइबरको जुत्ता चाहिा ग्राहकले राम्रो संग मन पराएका छन्,’ उनले भने । उनले आफूहरु पहिला काम नपाएर भारतमा ज्यालामजुरी गर्नु पर्ने वा गाँउ बस्तीमा चहारेर माँगी हिड्नु पर्ने समस्या टरेर गएको बताएका छन् । ‘कामको थालनी भए संग घरमा खुशीयाली छाएको छ्’ रेशम बादीले भने । काम गर्न सके यहीं बसेर रोजगारीको अवसर सिर्जना गर्न सकिने रेशम बादीको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले रेशम बादीको घरपरिवारको जिवन स्तर उकास्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाले सघाएको भन्दै संस्थालाई धन्यबाद दिएका छन् । ‘हिजो सम्म एक छाक टार्नको लागी भौतरिदै आएका रेशम बादीको घपरिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाले जिविकापार्जनमा सघाएकोमा बिशेष धन्यबाद छ्’ दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले भने । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले रेशम बादीले केही गर्छु भने आफुहरु सघाएको बताएका छन् । ‘रेशमजीको बिगका पिडाले केही गर्छु भनेर उहाँमा आँट हामीले पाएको छौं । जिविकापार्जको लागी केही गर्ने उहाँमा हौसला देखेका कारण परियोजनाबाट सानो सहयोग गरेका हौं’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले भने– ‘रेशमजीले राम्रो गर्नु हुदै गरेको हामीले देखेका छौं ।’ दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल निवासी रेशम बादीले केही दिन अघि परियोजनाको सहयोगमा जुत्ता चप्पल मर्मत गर्ने ब्यवसाय संचालन गरेका हुने । जुत्ता चप्पल मर्मत गर्ने ब्यवसाय संग अहिले आएर रेशम बादीले परियोजनाको सहयोगमा चाँदनी बजारमा छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय संचालनमा ल्याएका छन् । छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय संचालनमा सघाएको भन्दै रेशम बादीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सुद्दढ परियोजनाका सबै पदाधिकारीहरुलाई धन्यबाद दिएका छन् ।


#जुत्ता ब्यावसाय सुरु

प्रतिक्रिया