Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख ०७ गते बिहिबार

बेदकाेट नगरले समयमै ल्यायाे नीति तथा कार्यक्रम, शुक्लफाटाले १२ गते गर्ने, अरुकाे छैन तयारि ।
फाटाे प्रकाश कलाैनी

बेदकोट नगरपालिकाले आगामी वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाको बिहीबार १३ औं नगर सभा अधिवेशनबाट नीति तथा कार्यक्रम पारित गरिएको छ ।

नगरपालिकाको नगर सभामा मेयर भोजराज बोहराले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल भएपछि पारित भएको छ मेयर बाेहराले बताएका छन।

नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते बजेट विनियोजन गरिने छ ।

नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा सबै वडामा मार्ग दर्शन र बजेट सिलिङ्ग पठाएपछि वस्ती स्तरमा भेला छलफल गरी योजना छनौट गरिने मेयर बोहराले बताए । ‘पहिला नीति, कार्यक्रम र बजेट संगै आउँथ्यौ, यस पटक नीति तथा कार्यक्रमका आधारमा बजेट आउँछ, अब त्यसको प्रक्रिया पनि सुरु हुन्छ’ उनले भने ।

बेदकोटले आगामी वर्षका लागि गत वर्ष समावेश हुन नसकेका विभिन्न विषय सहितलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगर सभाका सबै सदस्यसित बृहत छलफल गरी नीति तथा कार्यक्रम ल्याइएको मेयर बोहराले बताए ।

यस पटक बृहत रुपमा छलफल गरी नीति कार्यक्रम ल्याएका छौ, यसमा धेरै नयाँ कुरा समावेश गरिएको छ, पुरानोलाई निरन्तरता दिइएको छ’ उनले भने,‘यसबाट असार १० गते आउने बजेटलाई मूर्त रुपमा दिन सजिलो हुन्छ ।’

स्थानीय तहले बैशाखमा ल्याएको नीति तथा कार्यक्रमबाट असार १० गते सघन रुपमा छलफल गरी बजेट ल्याउन सकिने उनले बताए । ‘अहिले नै नीति कार्यक्रम आएपछि यसका आधारमा योजना बनाउँदा के कस्तो कहाँ कमजोरी छन्, छुट्याउन सकिन्छ’ उनले भने,‘त्यस कारण यसले बजेट सम्बन्धी सघन छलफल गरी ल्याउनुलाई सहयोग पुग्छ ।’


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ दिग्दर्शन जारी गर्दै बैशाख ७ गते स्थानीय तहलाई नीति तथा कार्यक्रम पारित गर्न निर्देशन जारी गरेको थियो । त्यस अनुसार कंचनपुरमा बेदकोट नगरपालिकालले नीति तथा कार्यक्रम पारित गरेको छ ।

कंचनपुरका ९ तहमध्ये बेदकाेटले समयभित्रै नीति कार्यक्रम ल्याएकाे छ भने शुक्लफाँटा नगरपालिकाले बैशाख १२ गते नीति कार्यक्रम गर्ने तयारि गरेकाे छ । अरु ७ पालिकामा खासै तयारि भएकाे देखिएकाे छैन ।


#नीति तथा कार्यक्रम

प्रतिक्रिया