Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख ०९ गते शनिबार

कंचनपुरमा सडक र पुलकाे मन्त्री सहितकाे टाेलिकाे अनुगमन, निर्माण अन्तिम चरणमा ।

कंचनपुरका महत्तपुर्ण याेजनाकाे भाैतिक पुर्वाधार मन्त्री सहितकाे टाेलिले निरिक्षण अनुगमन गरेकाे छ ।

शुक्रबार सुदुरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा सहितकाे टाेलीले कंचनपुरकाे बेदकाेट नगरपालिकामा रहेका  महत्तपुर्ण याेजनाकाे निरिक्षण अनुगमन गरेका हुन ।

बेदकाेट नगरपालिका वडा १० चाैधर नदि खाेलामा नयाँगाउँ धतहर जाेड्ने सय मिटर लामाे एघार मिटर चाैडा पक्कि पुल निर्माणकाे अन्तिम चरणमा छ । उक्त पुलकाे गाडि हिड्ने भागकाे ढलान भैसकेकाे छ । पुल २०७७ साल असार ३० मा सम्झाैता भई २०८० असार २९ मा सम्पन्न गर्नुपर्ने समय छ ।

यस्तै बेदकाेट नगरपालिका वडा ४ काे वालज्याेति बगुन खाेला पुल निर्माणका क्रममा छ । ७० मिटर लामाे ११ मिटर चाैडा पुल पनि निर्माणकाे काम सुरु भएकाे छ, जमिन भित्र गाड्ने पाईलहरु गाडिएकाे छ । उक्त पुलकाे काम २० प्रतिशत भैसकेकाे छ ।

रणनितिक महत्व बाेकेकाे बेदकाेटकाे छेला देखि डडेधुराकाे जाेगबुडा जाेड्ने १७ किलाेमिटर सडक निर्माण कार्य  २०७४ बैशाख ८ मा सम्झाैता भई एक पटक म्याद थप भई २०८० असार २५ मा सम्पन्न गर्नुपर्ने म्याद रहेकाे छ । उक्त सडकमा सडक किनारकाे भित्ता वाल, जालि, सडक स्तराेन्तिकाे काम चलिरहेकाे छ ।

सडक अनुगमन निरिक्षणमा मन्त्री सहित पुर्वाधार बिकास कार्यालयका प्रमुख धिरेन्द्र भट्ट, निर्माण कम्पनिका प्रतिनिधि र निर्माण ब्यावसायि संघका अध्यक्ष निरन्जन प्रसाद भट्ट समेत रहेका थिए । अनुगमनका क्रममा निर्माण ब्यावसायि र प्रतिनिधिहरुले बहुवर्षिय ठेक्काहरुमा न्यून रकम निकासा हुदा निर्माणमा समस्या रहेकाे कुरा राखेका छन ।

अनुगमन निरिक्षण गर्दै मन्त्री देउवाले समयमै गुणस्तरिय रुपमा काम सम्पन्न गर्न निर्देशन दिदै निर्माणमा बजेटकाे अभाव हुन नदिने बताएका छन ।

पुर्वाधार बिकास कार्यालय कंचनपुरका प्रमुख ईन्जियर धिरेन्द्र भट्टले छिटाे छरिताे रुपमा कामहरु गर्न लागिपरेकाे अनुगमन भएका निर्माणकाे करिव ८० प्रतिशत सम्म काम सम्पन्नकाे अवस्थामा पुगेकाे बताएका छन । पुर्वाधार बिकास कार्यालय कंचनपुरमा साना ठुला थुप्रै याेजना रहेता पनि कम जनशक्तिबाटै काम गर्दै  सम्पन गर्दै कार्यालय अगाडि बढेकाे छ ।


#पुल र सडककाे अनुगमन

प्रतिक्रिया