Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० बैशाख ०९ गते शनिबार

दार्चुलामा तुईन तर्ने क्रममा एक पुरुष महाकालि बगेर बेपत्ता ।

दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन्।
व्याँस गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका हुन।

वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीका अनुसार आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका थिए।

बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयबासीले खोजी जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार भन्डारी तुइन चढदा चिप्लिएर नदीमा खसेको जानकारी प्राप्त भएको छ। दुम्लिङको प्रहरी टाेलीले खोजी गरिरहेको छ। 


#तुइनबाट खसेर बेपत्ता

प्रतिक्रिया