Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख १० गते आइतबार

आदर्शनगर खानेपानिकाे अध्यक्षमा चाैथाे कार्यकालका लागि बस्नेत चयन, थप क्षमता बिस्तार गर्ने ।

आदर्शनगर खानेपानिकाे अध्यक्षमा  चाैथाे कार्यकालका लागि लिलाध्वज बस्नेत चयन भएका छन । शनिवार समितिकाे तेह्रौं साधारण सभा तथा चाैथाे अधिबेशन भएकाे हाे ।

यस्तै उपाध्यक्षमा ईन्जिनियर धन सिह बडाल,सचिवमा लक्षमी बाेहरा, काेषाध्यक्षमा मालती भण्डारी,सदस्यहरु पबित्रा चन्द, झेलु राम डगाैरा,प्रेम राज ओझा, सारदा शर्मा  बाेहरा चयन भएका छन ।
राम्राे काम गरेका सुरेश कुवर, गाेबिन्द थापा, दिपकराज पन्त प्रशसा पत्र र नगद सहित सम्मानित भएका छन ।
यस्तै दुगा डगाैरा,सुरज डगाैरा, बुद्धिराम डगाैरा, अदित चाैधरी, पवनकुमार  उराव
,बिष्णु प्रसाद पाैडेल नगद सहित सम्मानित भएका छन ।

खानेपानि याेजना देखि निरन्तर अगाडि बढाउदै अहिले सम्म नेतृत्व गरेका बस्नेत पुनः यश पटक चयन भएका उनले यश कार्यकालमा ४ लाख  लिटर ट्याङ्कि क्षमता थप्ने, २ वटा नया बाेरिङ्ग थप्ने, पानिमा भएकाे सेताे पदार्थ कम गर्न जियाेलाईट क्षमता अभिबृद्वि गर्ने , ५ किलाेमिटर पाईपलाईन बिस्तार गर्ने बताएका छन ।
खानेपानिले भिमदत्तकाे वडा १,२,३,४,६,१८ र बेदकाेटकाे ८ वडामा सेवा दिईरहेकाे छ । सबै वडामा गरि करिव दुई हजार चार सय बयानब्बे उपभाेक्ता रहेका छन ।


#आदर्शनगर खानेपानि

प्रतिक्रिया