Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
मसुरिया
२०८० बैशाख ११ गते सोमबार

गाैरिगंगा १ का महिलालाई महिलाहिंसा सम्बन्धि जनचेता अभिमुखिकरण कार्यक्रम शुरु ।

गौरीगंगा नगरपालिका वडा १ का महिलाहरुलाइ वडा १ को आर्थिक सहयोगमा स्थानिय स्काउट कार्यालयकाे आयोजनामा महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रमको शुरु भएको छ ।

महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जानकारि दिने उद्देश्यले  जनचेतनामूलक अभिमुखिकरण कार्यक्रमको सुरु गरिएकाे वडा १ का अध्यक्ष डवल बहादुर दियाकाेटी (बाेहरा) ले जानकारी दिए ।

स्थानिय स्काउट तदर्थ समिति संयोजक लक्ष्मण ओझाकाे अध्यक्षता, वडा अध्यक्ष बाेहराकाे प्रमुख आथित्यता, कार्यपालिका सदस्य रुपा देवी जोशी ज्युको आथित्यमा कार्यक्रम सुुुुरु भएकाे छ । म्यासेन्जर पिस सुदुरपश्चिम स्काउट काेर्डिनेटर  तथा स्थानीय सदस्यता वृद्धि संयोजक पुष्कर अवस्थि,स्काउट मास्टर विनोद बोहरा, सक्षम छोरी संस्थाकि प्रशिक्षक शारदा जोशी, स्काउट प्रशिक्षक मोनिका वडले महिला हिंसा सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण गर्नु भएको हो ।

उक्त जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम बैशाख १२ गते सम्पन्न हुनेछ । बैशाख ११ र १२ गते वडा न. १ का विभिन्न समुदायका महिलाहरुलाई सहभागी गराउने स्थानिय स्काउट तदर्थ समितिका संयोजकले बताउनु भएको छ । अभिमुखिकरण कार्यक्रममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।

स्थानीय तहमा स्काउटको विस्तार तथा विस्तार गर्दै युवा तथा बालकालिकाहरुलाई सुशासनमा ल्याई सभ्य नागरिक तयार गर्न स्काउट अपरिहार्य रहेको र आगामि दिनमा स्काउटका विभिन्न कार्यक्रम गर्न साथ सहयोग रहने वडा अध्यक्ष बाेहराले बताउनु भएको छ ।

कार्यक्रममा सहभागी महिलाहरुले पहिलाे पटक यस्ताे कार्यक्रममा सहभागी भएकाे र यसरी महिलाहिंसा हुन्छ भन्ने जानकारी पाएकाे बताएका छन । 


#महिला हिंसा सम्बन्धि जनचेतना

प्रतिक्रिया