Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० बैशाख ११ गते सोमबार

अपिहिमाल बेसक्याम्प निशुल्क भ्रमण गराउदै पालिका यस्ताे भ्रमण तालिका ।
भिडियाे गणेश जाेशी

दार्चुलाको अपि हिमाल गाउँपालिकाले बैशाख १४ गते देखि २१ गते सम्म अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रम संचालन गर्ने भएको छ ।

गाउँपालिकाले शुक्रबार एक भ्रमण वर्षको लोगो सार्वजनिक गदै भम्रण वर्ष २०८० संञ्चालन गर्ने तयारी गरेकाे गाउँपालिका अध्यक्ष भगत सिह ठेकेर बोहराले जानकारी दिनु भयो ।

पालिकाभित्र ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको उजार गर्ने उदेश्यले भ्रमण सप्ताह कार्यक्रम संचालन गर्न लागिएको उहाँले बताउनु भयो । यसका लागि गाउँपालिकाले आईतबार व्यवस्थापन समिति गठन समेत भएकाे छ ।
अध्यक्ष ठेकेर बोहराले सबैलाई अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन । भम्रण सप्ताहमा पालिका सदरमुकाम देखि अपि वेश क्याम्प सम्म खाना र बाँसको व्यवस्थापन पालिकाले गर्ने भएको छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा अपि हिमाल गाउँपालिका पर्ने गरेको छ । धार्मिक तथा पर्यटनको राम्रो सम्भावना बोकेको अपि हिमाल गाउँपालिकामा प्रचारप्रसार हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकलाई आवत जावतका लागि यातायातको सुविधा नहुनु, जिल्लामा विमानस्थल सञ्चालन नहुनु, पर्यटकलाई उद्धारको व्यवस्था नहुँदा पर्यटकको आकर्षण अपिहिमाल बन्न नसकेको गाउँपालिकाले जनाएको छ ।
यस्ताे छ भ्रमण तालिका 


#अपि हिमाल

प्रतिक्रिया