Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख १८ गते सोमबार

ट्याक्टरमा माेटरसाईकल ठाेक्किदा एक जनाकाे मृत्यु ।

कंचनपुरकाे कृष्णपुर नगरपालिकामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ कृष्णपुर ५ स्थित बनदेवी मन्दिर नजिकैको जंगलमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०२-००-४ प १८४६ नम्बरको मोटरसाईकलले सोही दिशातर्फ गइरहेको से १ त २८२९ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किदा मोटरसाइकल चालक बेदकोट नगरपालिका १० का २८ वर्षिय तपेन्द्र बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका बडुवालको उपचारको क्रममा कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार कृष्णपुर ५ की २० वर्षिया गरिमा महता घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ ।

ट्रयाक्टर र चालक कृष्णपुर- ८ का ४२ वर्षिय वीर सिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया