Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २२ गते शुक्रबार

प्रदेशस्तरका  याेजना वडाबाटै छनाैट गर्न कंचनपुरमा थालियाे छलफल ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्तरका योजना अब वडाबाटै छनौट गरेर कार्यान्वयन गर्ने तयारी अघि सारेको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८०÷०८१ का लागि संचालन गर्ने योजना वडाबाटै छनौट गरेर कार्यान्वयन गर्ने भएको हो । त्यसका लागि प्रदेश सरकारले प्रादेशिक निर्वाचन क्षेत्र स्तरिय योजना तर्जुमा गोष्ठी गरिरहेको छ । कञ्चनपुरमा पनि प्रदेश सरकारले प्रदेश मातहत रहेका कार्यालयलाई प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी गर्न जिम्मा दिएको छ । 

कञ्चनपुरमा समेत प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी भईरहेका छन । प्रादेशिक निर्वाचन क्षेत्र र उक्त प्रादेशिक निर्वाचन क्षेत्रमा रहेका पालिका लक्षित गरेर क्षेत्र १ र २का प्रादेशिक निर्वाचन क्षेत्रमा गोष्ठी गरिएको छ । बिहीबार निर्वाचन क्षेत्र २(क,ख) स्तरिय शुक्लाफाँटा नगरपालिका हल र शुक्रबार निर्वाचन क्षेत्र १(क,ख)को बेलौरी नगरपालिका हलमा गोष्ठी आयोजना गरिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी समेत रहेका ईन्जिनियर हेमराज भट्टले निर्वाचन क्षेत्र १ र २का चारवटै प्रादेशिक निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य एव स्थानीय तहका जनप्रतिनिधीसंग छलफल गरिएको बताए । ‘हामीले आगामी बर्षका लागि वडा, पालिकाबाट छनौट भएका योजना बारे सम्बन्धीत पालिका क्षेत्रका जनप्रतिनिधी र प्रदेश सभा सदस्यसंग छलफल गरेका छौँ, ‘ईन्जिनियर भट्टले भने, ‘क्षेत्र १का बेलडाँडी, बेलौरी पुनर्वास, लालझाडी र क्षेत्र २का कृष्णपुर, शुक्लाफाँटा, बेदकोट नगरका जनप्रतिनिधीसंग योजना बारे गहन छलफल गरेका छौँ ।’ 

प्रदेश निर्वाचन क्षेत्र स्तरिय योजना तर्जुमा गोष्ठी संयोजन समितिको संयोजक महादेव विष्टले प्रदेश सरकारले वडाबाटै छनौट भएका योजना कार्यान्वयन गर्नका लागि सम्बन्धीत निर्वाचन क्षेत्रका जनप्रतिनिधी, प्रदेश सदस्य एव प्रदेश सरकारका कार्यालय प्रमुखसंग छलफल गरेको बताए । ‘अब प्रदेश सरकारले आगामी आर्थिक बर्षदेखि संचालन गर्ने योजना वडा, पालिका स्तरबाट छनौट भएका योजना नै कार्यान्वयन गर्ने लक्ष्य अघि सारेको छ, ‘उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला समन्वय समिति मार्फत फेरी प्राथमिकतामा आधारमा प्रदेश सरकारका सम्बन्धीत विषयगत मन्त्रालय हुँदै प्रदेश सभा, मन्त्रिपरिष्दबाट कार्यान्वयन हुनेछन ।’ 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख धिरेन्द्र भट्टले प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना प्रभावकारि बनाउनका लागि बस्तीस्तर वडाबाट छनौट भएर पालिका, पालिकाबाट जिल्ला समन्वय र त्यहाँ पुगेका सबै योजना र थप योजना आवश्यकताका आधारमा थप गरेर प्रदेश सरकारमा पठाईने बताए । ‘योजना संकलन, छनौट एव प्राथमिकताका आधारमा कार्यान्वय गरिन्छ, ‘उनले भने, ‘सबै योजना पाईपलाईन अनुरुप अघि बढाउनुपर्ने प्रदेश सरकारको मर्म छ ।’

सुदूरपश्चिम प्रदेश सरकार दिग्र्दशन योजना अनुसुचि ६ अनुरुप प्रादेशिक निर्वाचन क्षेत्र स्तरमा गोष्ठी भईरहेको बताए । प्रादेशिक रणनीति महत्वका योजना कार्यान्वयन गरेर प्रदेशलाई सम्बृद्धि बनाउन भूमिका निर्वाह गर्ने बताए । निर्वाचन क्षेत्र १, र २(क र ख)मा भएको प्रादेशिक गोष्ठीमा उक्त निर्वाचन क्षेत्रका जनप्रतिनिधीले वडा, पालिकाबाट छनौट भई प्रदेशमा माग गरिएकायोजना कार्यान्वयनमा जोडदिए । 

शुक्लाफाँटा नगरका मेयर रण बहादुर हमालले पालिकाबाट प्रदेशमा माग गरिएका योजना कार्यान्वयन गर्नुपर्ने बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले पनि पालिकाबाट गर्न नसक्ने योजना प्रदेशले प्राथमिकताका आधारमा कार्यान्वयमा जोडदिए । कृष्णपुर नगरका उपप्रमुख द्रोपती रानाले पनि प्रदेशले पालिकाबाट छनौट भएका योजनामा कार्यान्वयनमा जोडदिईन । क्षेत्र १ बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, लालझाडी गाँउपालिका प्रमुख निर्मल राना, पुनर्वास नगरपालिका प्रमुख तोया प्रशाद शर्मा र बेलौरी नगर पालिका प्रमुख पोतिलाल चौधरीले पालिकाबाट माग गरिएका योजना प्रदेशले कार्यान्वयनमा जोडदिए । कार्यक्रममा प्रदेश सभा सदस्य, दिवान सिह विष्ट, बीर बहादुर थापा(पातल), बहादुर सिह थापा, गिता चौधरीले पालिकाबाट छनौट भएका योजना सहित आवश्यकता आधारमा प्रदेश सरकारबाट योजना कार्यान्वयमा प्रतिबद्धता जाहेर गरेका छन । २४ बैशाख क्षेत्र ३(क,ख) जिल्ला समन्वय समिति कञ्चनपुरको हलमा योजना तर्जुमा गोष्ठी गर्दै आगामी बर्षका योजना बारे छलफल गरिनेछ । पालिका स्तरबाटै छनौट भएका योजना प्रभावकारी रुपमा प्रदेश सरकारले कार्यान्वयन गर्दा दीगो विकासले गति लिने अपेक्षा गरिएको छ ।


#याेजना छनाैट

प्रतिक्रिया