Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख २४ गते आइतबार

लालपुरमा हायस र बिधुतिय स्कुटि ठाेक्किए, स्कुटि चालक अस्पतालमा उपचार हुँदै परिवारले सम्पर्क राख्न प्रहरिकाे सुचना ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका -७ लालपुमा हाइसले बिधुतिय स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन्।

शनिबार पूर्वबाट पश्चिमतर्फ आइरहेको सु.प.प्र.०२–००१ प ००१ नम्बरको माेहित ट्राभल्सकाे हाइसले पूर्वतर्फ गइरहेको बिधुतिय स्कुटरलाई ठक्कर दिएको हो।

हाइसको ठक्करले स्कुटर चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार घाइतेको टाउको गम्भिर चोट लागेको छ। उनलाई उपचारका लागि अहिले महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ। घाइतेको पहिचान नखुलेको र चिन्नेले प्रहरिकहाँ सम्पर्क राख्न सामाजिक संजालमा प्रहरिले सुचना लेखेकाे छ ।

यस्ताे छ सुचना

जिल्ला कञ्चनपुर बेदकोट न.पा.व.डा.नं. ०७ लालपुर स्थित राजमार्गमा धनगढी बाट महेन्द्रनगरको लागी आउदै गरेको हाईस र महेन्द्रनगरबाट सुडा तर्फ जादै गरेको नामथर वतन खुल्न नआएको उमेर अन्दाजी ३६/३७ को सेतो टिसर्ट (खाकी रङको) हाप पाइन्ट लगाएको कल्सरो वर्णको मध्यम शरिर भएको व्यक्तिले चलाएको कालो रङको KOMAKI लेखिएको बिधुतिय स्कुटि एकआपसमा ठोकिन गई बिधुतिय स्कुटि चालक घाईते भइ औषधि उपचारको क्रममा रहेको हुँदा उक्त हुलिया भएको व्यक्ति कोहि कसैको नजिकको वा आफन्त भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुराेध छ ।
 


#दुर्घटना

प्रतिक्रिया