Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख ३० गते शनिबार

सिलान्यासकाे ५ बर्षमा समेत प्रयाेग गर्न लायक भएन महाकालि अत्येष्टि घाट

 महाकाली नदीमा निर्माणाधिन अन्त्येष्टीघाट गुरु योजना अनुरुप निर्माण हुनुपर्ने स्थानीयले माग अघि सारेका छन । भीमदत्त नगरपालिका ११ भुजेला स्थित महाकाली नदीमा निर्माण हुन लागेको अन्त्येष्टीघाट गुरु योजना अनुरुप नभएको भन्दै स्थानीयले असन्तुष्टीता प्रकट गरेका छन । 

निर्माण अघि थुप्रै संरचना सहितको गुरु योजना निर्माण भएपनि अहिले आएर पुरै संरचना निर्माण नभएको भन्दै स्थानीयले असन्तुष्टीता प्रकट गरेका हुन । 

शनिबार महाकाली परमधाम शान्तिघाट समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीयले ०७५ सालदेखि निर्माण शुरु भएको उक्त अन्त्येष्टी घाट अधुरै रहेको बताएका छन । 

महाकाली परमधाम शान्तिघाट समितिका संस्थापक अध्यक्ष तारादत्त जोशीले गुरु योजना अनुरुप अन्त्येष्टी घाट तिर्थस्थलकै रुपमा निर्माण हुने भनिएपनि हाल निर्माण नभएको बताए । ‘उतिबेला हामीलाई शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले गुरु योजना अनुरुप नै निर्माण हुन्छ, भन्यो, अहिले आएर त्यस अनुरुप गरेको छैन ।’ क्रिरियापुस्त्री बस्ने स्थल, शिवालय, मन्दिर, बृक्षारोपण सहितका संरचना बनाउने भनिएको थियो,तर अहिले ति संरचना बिनै भवन बनाईएको छ ।’ गुरु योजना नै गायब गरेर आफु अनुकुल संरचना बनाएर प्रयोगबिहिन भएको उनको आरोपछ । स्थानीय समेत रहेका महाकाली परमधाम शान्तिघाट समितिका सदस्य पुर्णानन्द जोशीले गुरु योजना विपरित अन्त्येष्टी घाट निर्माण भएकाले स्थानीयले स्वीकार्य नहुने बताए ।

 स्थानीय शिक्षक भैरवदत्त भट्टले हरेक क्षेत्रमा अनियमितता, भ्रष्टाचारको गन्ध अन्त्येष्टी घाटमा पनि भएकाले गुरु योजना मिचेर केही संरचना बनाएर अलपत्र छाडिएको आरोप लगाए । ‘यो भवन निर्माणमा भ्रष्टाचार भएको छ, ‘उनले भने, ‘गुरु योजना अनुरुप भएको छैन, छानबिन गरेर कार्बाही गर्नुपर्छ ।’ महाकाली परमधाम शान्तिघाट समितिका सचिव समेत रहेका स्थानीय गोबिन्द बल्लप पन्तले गुरु योजना खोल्नका लागि वडादेखि शहरी विकास कार्यालय धनगढी धाउदा समेत नपाएको बताए । ‘यो आर्यघाट निर्माणको गुरु योजना नै गायब गरिएको छ, ‘उनले भने, ‘यतिसम्म बदमासी भयो, त्यही भएर घाट निर्माण भएको पाँच बर्षसम्म पनि संचालनमा आएको छैन ।’ महाकाली परमधाम शान्तिघाट समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी(बोक्सर)ले अन्त्येष्टी घाट निर्माण नहुँदा स्थानीयलाई मृत्युपछिको दाहसंस्कारमा समस्या भएको बताए । ‘यो महाकाली नदी हाम्रो यस क्षेत्रका लागि तिर्थस्थल नै हो, ‘उनले भने, ‘एक निश्चित स्थानमा अन्त्येष्टी घाट नहुँदा दाहसंस्कारमा समस्या खेप्नु परेको छ ।’ 

कहिले महाकाली नदीको वाढी, कहिले सुख्खायामका कारण दाहसंस्कारमा समस्या भईरहेको भन्दै अध्यक्ष बोक्सरले सरकारी निकायबाट बदमासी भएको बताए । ‘गुरु योजना अनुरुप निर्माण कार्य अघि बढेको छैन, ‘उनले भने, ‘निर्माण गरिएको गुरु योजना पनि गायब गरिएको छ, खोज्न जाँदा कर्मचारीले छैन भन्छन, यतिसम्मको जनतामाथि घात र गैर जिम्मेबारीपन भयो ।’ भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले अन्त्येष्टी घाट क्षेत्रलाई धार्मिक स्थलकै रुपमा विकास गर्नुपर्ने बताए । अध्यक्ष थापाले गुरु योजना खोजेरै भएपनि सोही अनुरुप बाँकी संरचना निर्माण गराएर संचालन गर्नुपर्नेमा जोडदिए । त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । 

१६ माघ ०७५ मा झण्डै साढे तीन करोडमा अन्त्येष्टी घाट निर्माणका लागि शिलान्यास गरिएको थियो । तर अहिलेसम्म न हस्तान्तरण भएको न गुरु योजना अनुरुप निर्माण भएको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन । यस बारेमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


#महाकाली घाट

प्रतिक्रिया