Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ ०३ गते बुधबार

पहिलो पटक कुतियाकवर बस्तीमा सडक निमार्ण हुन लाग्दा स्थानियहरु दङ्ग ।

पछिल्लो समय दोधारा चाँदनी नगरपालिकामा विकासको गतिले फड्को मार्दै अगाडी बढेको छ । दोधारा चाँदनी नगरपालिकाका अधिकांस गाँउ बस्तीमा बिजुली बत्तीले झिलीमिली छ् । अझ हेर्ने हो भने नेपाल–भारत संग जोडिएको सिमा बस्ती तथा जगबुडा नदीको पारीको बस्ती बडवाल टोल, सुन्दरनगर, कञ्चनभोजमा बिद्युत सेवा बिस्तार भईसकेको छ् । बाढी ग्रस्त क्षेत्र भनेर चिनीने नेपाल–भारतको सिमा संग जोडिएको बस्ती दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर बस्तीमा टुकी निभेको छ् । बिकास हुने सिलसिला जारीनै छ् । पहिलो पटक भारत संग जोडिएको सिमा बस्ती कुतियावकरमा सडक निमार्ण कार्यले तिब्रता पाएको छ् । कुतियावकर बस्तीमा सडक बन्न थाले संगै स्थानियहरुमा खुशी छाएको छ् । बिगतका दिनहरु देखी कुतियाकवर बस्तीमा आवत जावत गर्नेहरु नेपाल–भारतको दशगजा प्रयोग गर्दै आएका छन् । दशगजाबाट आवतजावत गर्दा भारतिय पक्षले बेलाबखत स्थानियहरुलाई दुख दिने गर्दथे । कुतिकवर बस्तीमा सडक निमार्ण हुने थाले संगै स्थानियबासीहरु खुशी ब्यक्त गर्न थालेका छन् । प्रदेश सरकारको पुर्वधार बिकास कार्यक्रम अनुसार ५ सय ५४ मिटर पानी पिच सडक बन्न थाले संगै कुतियावकर बस्तीमा चहलपलह थपिएको छ् । स्थानियहरुको वर्षौ अघि देखिको माँग पुरा हुने थालेको स्थानियबासी खडक बुढाले बताएका छन् । ‘हिल्याम्मे दशगजा प्रयोग गर्नु पर्ने समस्या हल हुने भयो’ खडक बुढाले भने । कुतियावकर बस्ती संग जोडिएको दशगजा क्षेत्रमा हिडडुल गर्दा निकै सास्ती खेप्दै आएको स्थानियबासी खडक बुढाले बताउदै समय समयमा भारतिय सिमा सुरक्षा बल एसएसबीले हिड्दा समेत ज्यादती गर्दै आएको पिडा सुनाउछन् । प्रदेश सरकारले सडक बनाउन थाले संगै कुतियावकरबासीलाई निकै सहजता भएको उनले बताए । आज दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशीले निमार्ण क्रममा रहेको पानी पिच सडकको अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले सडक निमार्णले कुतियावकर बस्तीमा ठुलो राहत हुने भएको बताएका छन् । उपमेयर जोशीले प्रदेश सरकारको पुर्वाधार बिकास कार्यक्रमलाई बिशेष धन्यबाद दिदै बाढी प्रभावित क्षेत्र भनेर चिनीने कुतियावकर बस्तीको बिकास र समृद्धिको लागी दोधारा चाँदनी नगरपालिका गम्भिर रहेको बताएका छन् । पुस्तौं देखि राज्यबाट दोस्रो दर्जाको नागरिकको रुपमा उपेक्षित कुतियाकवरबासी बस्नु परेको गुनासोहरु बिस्तार न्युन हुदै गएको आभाष भएको स्थानियहरु बताउछन् । सडक बिस्तार संगै बस्तीलाई सुरक्षित बनाउन तटबन्ध निमार्ण कार्यमा समेत लागिपरेका दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया