Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० जेठ ०३ गते बुधबार

भन्सार छलि नियन्त्रण गर्न सरेकाे प्रहरि, लाेकतन्त्रकाे धाटि निमाेठ्न समेत उद्दत ।

कंचनपुर प्रहरी भन्सार छलि नियन्त्रणमा अघि सरेकाे छ । भन्सार छलिका कारण कंचनपुरकाे गड्डाचाैकि भन्सार लामाे समय लक्ष्य पूरा गर्न असफल भएकाेमा प्रहरी भन्सार छलि चेकजाँच थप कडाई गर्न अगाडि सर्दा छलि गर्ने ब्याक्ति र प्रहरी बिच झडप भएकाे हाे ।

मंगलबार साझ भिमदत्त नगरपालिका ५ काे शुकासालमा भारतबाट सामान ओसारपसार गर्ने ब्याक्ति र प्रहरिका बिच भनाभन हुदा स्थानिय समेतकाे संलग्नतामा शुकासालकाे प्रहरी बिट भत्काईएकाे, चार जना प्रहरी घाईते भएकाे, घट्नामा संलग्न भएकाे आराेपमा २ पुरुष ५ महिला गरि ७ जनालाई प्रहरिले नियन्त्रणमा राखेकाे प्रहरी प्रवक्ता डियसपि प्रकाश डाँगिले बताएका छन ।

यस्तै उक्त घट्नाकाे समाचार संकलन गर्न गएकि महिला पत्रकार ऐश्वर्या कुवँरलाई समाचार संकलन गर्नबाट राेक्न प्रहरी अधिकृत बिनु शाहिले घाँटी समात्दै कुटपिट गरेकाे घाईते बनाएकाे पत्रकार कुवँरले बताएकि छन ।

पछिल्लाे समय समाचार संकलनमा गएका पत्रकारलाई समाचार संकलन गर्न नदिई लाेकतन्त्रकाे घाँटी निमाेठ्न प्रहरी उद्दत भएकाे पत्रकार महासंघ कंचनपुर शाखा सचिव राजेन्द्र अवस्थि बताउछन ।

प्रहरिले बितेकाे करिव छ महिना यता महेन्द्रनगरमा मात्रै २ घट्ना घटाएका छन । केही महिना पहिला समाचार संकलनमा गएका विकल्प दैनिकका कार्यकारि सम्पादक रनि विवश लाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएकाे थियाे भने मंगलबार कुवरलाई आक्रमण गरि नियन्त्रणमा लिएकाे थियाे ।

प्रहरिले आफू उपस्थित रहेकाे सार्वजनिक स्थानमा पत्रकारहरुलाइ समाचार संकलन गर्नवाट राेक्न क्यामेरा प्रयाेग बाट राेक्ने, छेक्ने, अभद्र ब्यावहार गर्ने तमाम घट्ना देखिई रहेका छन । यस्ता घट्ना वडा प्रहरी कार्यालय महेन्द्रनगरले समेत बिगत बर्षमा पट्क पट्क गरेकाे थियाे ।

यसरी समाचार संकलन गर्नबाट राेकेर लाेकतन्त्रकाे घाँटी निमाेठ्न किन खाेजिदै छ भन्ने प्रश्ननमा प्रहरी प्रवक्ता डागिले प्रहरी कुटपिट नभएकाे हुनुपर्ने हाे घट्ना बुझ्न बुघबार १० बजे छलफलमा बाेलाईएकाे बताएका छन ।




#पत्रकार कुवँर घाईते

प्रतिक्रिया