Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
गंगा भट्ट
२०८० जेठ ०७ गते आइतबार

महेन्द्रनगर घाेटाला बिरुद्ध महेन्द्रनगरमा आमरण अनसन सुरु ।

कंचनपुर जिल्लाकाे महेन्द्रनगर स्थित महेन्द्रनगर नगर बिकासकाे जमिन घाेटाला बिरुद्ध महेन्द्रनगरमा आजबाट आमरण अनसन सुरु भएकाे छ ।

महेन्द्रनगर नगरबिकास समितिकाे जग्गा अबैध रुपमा बितरण भएकाे, अबैध रुपमा भाडा दिएकाे लगायतका बिषयमा छानबिन गरि समयमै निस्कर्षमा पुर्याइ सबै दाेसिहरुलाई कार्वाहिकाे माग राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टिले कंचनपुरकाे भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारकाे मदन चाेकमा आजबाट आचरण अनसन थालेकाे छ ।

पार्टिका नेता हरि सुवेदिले याे आन्दाेलन लामाे गएता पनि जुनसुकै मुल्यमा पनि याे घाेटाला निस्कर्षमा नपुग्दा सम्म आन्दाेलन नछाड्ने बताएका छन ।

नगर बिकासकाे घाेटालामा केही पदाधिकारि र कर्मचारि बिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।


#महेन्द्रनगर नगर बिकास समिति

प्रतिक्रिया