Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०८० जेठ ०८ गते सोमबार

१८ नम्वर पिल्लर बस्ती निमार्णक्रममा रहेको पक्की तटबन्धको कार्यको दोधारा चाँदनीका मेयर लिम्बुले गरे अनुगमन ।

दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्ती जोगाउन पक्की तटबन्धको निमार्ण कार्य अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्तीमा १ सय २० मिटर पक्की तटबन्ध निमार्ण कार्यको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थलगत अनुगमन गरेका छन् । निमार्ण कार्यमा ढिलाई भएको स्थानियहरुले जानकारी दिए संगै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार भारत संग जोडिएको सिमा बस्ती अठार नम्वर पिल्लर बस्तीमा निमार्ण कार्यको अनुगमनमा पुगेका हुन् ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम अनुसार अठार नम्वर पिल्लर बस्ती जोगाउन पक्की तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । ३६ लाखको लागतमा निमार्ण कार्य हुन लागेको तटबन्ध उपभोक्त समिति गठन गरि निमार्ण कार्य सुरु गरिएको हो । निमार्ण कार्यमा एथासिघ्र संचालनको लागी निमार्ण उपभोक्ता समितीका अध्यक्षलाई दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले अनुरोध गरेका छन् ।

जगबुडा नदीमा पानी जुनसुकै बेला पनि बढ्ने भएको हुदा स्थानियहरुले चाडो तटबन्ध निमार्ण कार्य संचालन गर्न भन्न थालेका हुन् । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीको पारिको नेपाल–भारत सिमा संग जोडिएको सानो बस्ती हो । उक्त बस्तीमा ७ घरधुरी बसोबास गर्दछन् । बिगतका दिनहरुमा झण्डै २२ घरधुरी रहेको र बाढी र सिमा समस्याको कारण घरधुरी बिस्तापित भएको स्थानियबासी दिल बहादुर राना क्षेत्रीले बताउनुभएको छ् । उक्त बस्तीमा स्थानियहरुको झण्डै २ सय बिघाह जग्गा रहेको छ् ।

बिगत लामो समय देखि तटबन्ध निमार्णको माँग राख्दै आएको बस्ती र जग्गा जोगाउन तटबन्ध निमार्ण भए संगै स्थानियमा खुशियाली छाएको छ् । जगबुडा नदीको डुवान र कटानी संगै भारत संग बस्ती जोडिएको हुदा चोरी तथा भारतियहरुको ज्यादतीको समस्या खेप्दै आएको छ् ।


#महाकालिमा तट्बन्ध

प्रतिक्रिया