Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० जेठ १० गते बुधबार

ग्याँस सिलिण्डर पड्केर ८१ बर्षिय बृद्ध घाइते थप उपचारका लागि नेपालगन्ज लगियाे।

आगलागिमा परेर घाईते भएका दार्चुला जिल्लाकाे नाैगाड गाउँपालीका ३ जामिरका ८० बर्षिय  अम्मर सिह ठगुन्नालाई थप उपचारका लागि नेपालगन्ज लगिएकाे छ ।

ठगुन्ना चिया पकाउने क्रममा ग्यास लिक भई सिलिण्डर पड्केर घाईते भएका हुन । घाईते ठगुन्नालाई नेपाली सेनाकाे हेलिकप्टर बाट बाकेकाे नेपालगन्ज लगिएकाे छ ।

स्थानीय हरुकाे सहयाेगमा केही बेरमै आगलागि नियन्त्रणमा लिईएकाे र घाईतेलाई  बिहानै उपचारका लागि गाेकुलेश्वर अस्पतालमा पुर्याएपनि उपचार सम्भव नभएपछि  थप उपचारकाे लागि नेपालगन्ज लगिएकाे प्रधानमन्त्री सचिवालयका गाेकर्ण प्रकाश भट्टले जानकारी दिएका छन ।


#ग्याँस सिलिन्डर पड्किदा बृद्ध धाईते

प्रतिक्रिया