Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० जेठ १० गते बुधबार

सरकारकाे खर्चमा अस्पताल लगिएका ठगुन्ना काठमाडौं नपुग्दै अस्ताए ।

आगलागिमा परेर घाईते भएका दार्चुला जिल्लाकाे नाैगाड गाउँपालीका ३ जामिरका ८१ बर्षिय  अम्मर सिह ठगुन्नालाई थप उपचारका लागि नेपालगन्ज पुगेका ठगुन्नाकाे मृत्यु भएकाे छ ।

ठगुन्ना चिया पकाउने क्रममा ग्यास लिक भई सिलिण्डर पड्केर घाईते भएका हुन । घाईते ठगुन्नालाई नेपाली सेनाकाे हेलिकप्टर बाट बाकेकाे नेपालगन्ज लगिएकाे थियाे त्यहाँबाट पनि उपचारका लागि अहिले चार बजे काठमाडौं लग्ने तयारि रहेकाे तर तयारिमै रहेका बेला नेपालगन्जमा मृत्यु भएकाे पारिवारिक स्राेतले बताएको छ ।

घाईते ठगुन्नालाई  बिहानै उपचारका लागि गाेकुलेश्वर अस्पतालमा पुर्याएपनि उपचार सम्भव नभएपछि  थप उपचारकाे लागि सरकारकाे खर्चमा हेलिकप्टरमा लगिएकाे तर प्रयास गर्दा गर्दै दुखि भएकाे प्रधानमन्त्री सचिवालयका गाेकर्ण प्रकाश भट्टले जानकारी दिएका छन ।


#सरकारकाे खर्चमा अस्पताल लगिएका ठगुन्ना रहेनन

प्रतिक्रिया