Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ १० गते बुधबार

महाकाली प्रादेशिक अस्पतालमा बिस्तारित सेवा सुरु, डाक्टर र बिरामिले निजिमा जानुपर्ने बाध्यता हट्ने बिस्वास ।

महाकाली प्रादेशिक अस्पतालले विस्तारित स्वास्थ्य सेवा पुनः दिन शुरु गरेको छ । कोरोना महामारीका कारण दुई बर्षदेखि रोकिएको विस्तारित स्वास्थ्य सेवा फेरी शुरु भएको हो । अस्पतालले बुधबारदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेको जनाएको छ ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले यस अघि पनि संचालन भएको विस्तारिक स्वास्थ्य सेवा पुन संचालनमा ल्याएको बताए ।शनिरबार र सार्वजनिक विदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म नियमित दिउँसो ३ बजेदेखि ५ बजेसम्म अस्पतालमै उक्त सेवा शुरु गरिएको बताए । मेसु भट्टले सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको विस्तारीत स्वास्थ्य सेवा संचालन तथा अनुगमन सम्बन्धी मापदण्ड ०७६ अनुरुप अस्पतालले समेत स्वास्थ्य सेवा संचालन गरिएको बताए । उनका अनुसार दिउँसो २देखि ४बजेसम्म टिकट काटिसक्नुपर्ने, परार्मश शुल्क चार सय तोकिएको छ । 

महाकाली प्रादेशिक अस्पतालका अर्का डाक्टर गिरिश अवस्थीले नियमित ओपिडीपछि थप अतिरिक्त सबै स्वास्थ्य सेवा प्रदान गरिने बताए । ‘सरकारले तोेकेको समय पछि विस्तारीत स्वास्थ्य सेवा संचालन हुनेछ, ‘डा. अवस्थीले भने, ‘बिरामीलाई थप राहत पुग्नेछ ।’ 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा आउने बिरामीको चापलाई मध्य नजर गर्दै छिटो छरितो गुणस्तरीय सेवा उपलब्ध गराउन, चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी कर्मचारीलाई थप प्रोत्साहन गर्न कार्य दक्षता अभिबृद्धिको अवसर प्रदान गर्नका साथै अतिरिक्त समयमा समेत स्वास्थ्य सेवाको सहज रुपमा सबैको पहुँच पुर्याउने उदेश्यले सेवा प्रदान गरिनेछ । उक्त सेवा संचालन भएसंगै बिरामीले थप लाभ पाउनेछन । ‘बिरामीले निजी भन्दा सस्तो र गुणस्तरिय सेवा पाउँछन, ‘अध्यक्ष भट्टले भने, ‘समय अभाव भएका सेवाग्राहीका लागि यो सेवा थप लाभदायक हुनेछ ।’



#महाकाली अस्पताल

प्रतिक्रिया