Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
काठमाडौं
२०८० जेठ १६ गते मङ्गलबार

सुदुरपश्चिमकाे स्वास्थ्य, सडक र सिचाईका यस्ता छन बजेटका याेजना ।
फायल फाेटाे

 सरकारले साेमवार बजेट संसदमा प्रस्तुत गरेकाे छ । बजेटमा सुदुरपश्चिमका स्वास्थ्य, सिचाई र सडकका याेजनामा  गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । गेटा अस्पताललाई एकसय शैय्याको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थाप हुने ।

महाकाली कोरिडोरको बम्हदेव झुलाघाट-दार्चुला र दार्चुला टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन गरेको छु । सेती राजमार्गको टिकापुर-लोडे-चैनपुर र चैनपुर-तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन  । खुटिया- दिपायल - चैनपुर- उरै भन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड बजेट व्यवस्था । दैजी- जोगबुढा डडेल्धुरा सडक स्तरोन्नतिको लागि रु ३० करोड रकम छुट्याएको  ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर सिञ्चित हुने शाखा नहर सञ्चालन गरी बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराइने  । लम्की मूल नहरको शाखा तथा प्रशाखा नहरबाट थप १ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ । यस आयोजनाका लागि रु. २ अर्ब ६३ करोड विनियोजन गरेको  ।

महाकाली सिंचाइ आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ । कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको २ हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुण्याउन शाखा नहर निर्माण कार्य अगाडि बढाइनेछ । यस आयोजनाका लागि रु. १ अर्ब १७ करोड व्यवस्था गरेको बजेटमा उल्लेख गरिएकाे छ ।


#बजेट २०८०

प्रतिक्रिया