Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० जेठ १९ गते शुक्रबार

सिटिईभिटिकाे गाडि खस्याे सुनकाेशीमा, निर्देशक समेत  ३ जना बेपत्ता।
फायल तस्बिर

घुर्मी–खुर्कोट सडक खण्डको लौकुनबाट सिटिईभिटीको गाडी सुनकोशी नदीमा खसेको छ ।
भक्तपुरबाट खोटाङतर्फ जादैँ गरेको विएवि७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नं. ७ को लौकुनबाट सुनकोशी नदिमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका ३ जना बेपत्ता भएका छन् भने चालक कृष्ण बहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । गाडी पुरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए । उनका अनुसार गाडीमा सिटिईभिटीका निर्देशक कृष्णबहादुर के.सी, निर्देशक यम बहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ ।
उनीहरुको स्थानीय र प्रहरीद्धारा खोजी कार्य भई रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।


#वन कटानि #गाडि खस्याे सुनकाेशीमा

प्रतिक्रिया