Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ २२ गते सोमबार

दाेधारा चाँदनीमा जनचेतना फैलाउदै नेपाल प्रहरी

समुदाय–प्रहरी साँझेदारी अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा बिभिन्न समयमा नेपाल प्रहरीले जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माबिमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन विरुद्धको जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

कार्यक्रममा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन विरुद्ध सचेतना सहित सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराध नियन्त्रण, सडक दुर्घटना न्युनिकरणका उपाय, मानव बेचबिखन लगाएतबाट बच्न सचेत रहनुपर्ने बताईएको छ् । समाजमा अत्यन्त विकराल रुपमा फैलिदै गएको लागूपदार्थ दुव्र्यसनीबाट युवा वर्ग प्रभावित भएको चर्चा समेत गरिएको थियो ।

उक्त कार्यक्रममा लागूऔषध दुव्र्यसनी, लैगिंक हिंसा, घरेलु हिंसा, मानब वेचबिखन लगाएतका बिषयमा सचेतना गरिएको प्रहरीले जनाएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले संचालन गरेको जातिय भेदभाव तथा छुवाछुत उन्मुलन विरुद्धको जनचेतनामुलक कार्यक्रममा बिद्यार्थी, शिक्षक, अभिभावकहरुको उपस्थिती रहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् 

प्रतिक्रिया