Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० जेठ २९ गते सोमबार

लघुउद्यम बाट राेजगारि सिर्जना गर्न दिईयाे गुडिया बनाउने तालिम ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका स्थित उल्टाखाममा स्थानीय महिलाहरूको क्षमता विकासका लागि डल (गुडिया) सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ।

सोमबार एक कार्यक्रमका बिच भीमदत्त नगरपालिका वडा -२ मा आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत भीमदत्त नगरपालिकाको आयोजनामा ७ दिने डल सम्बन्धि पुनर्ताजगी तथा स्तरोन्नति तालीम सम्पन्न भएको हो।

जेठ २२ देखि २९ गते सम्म एक हप्ता सञ्चालन भएको तालिममा भीमदत्त नगरपालिका वडा नम्बर २ का २१ जना स्थानीयको सहभागिता रहेको भीमदत्त नगरपालिका उद्यम विकास सहजकर्ता लक्ष्मी कलौनीले बताउनु भयो।

भीमदत्त नगरपालिका वडा नम्बर २ का वडा सदस्य राम बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य भीमदत्त नगरपालिका उप- प्रमुख निलम लेखक जोशी रहनु भएको थियो ।भने भीमदत्त नगरपालिका उद्यम विकास सहजकर्ता लक्ष्मी कलौनीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

 




#गुडिया बनाउने तालिम

प्रतिक्रिया