Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
झलारि
२०८० जेठ २९ गते सोमबार

एमाले बाट निर्वाचित जनप्रतिनिधि नातिनातिना समेत छाेडेर बहुबिवाह गर्न हिडेपछि

 नयाँ संविधान निर्माणपछि दोस्रो पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कस्ता कस्ता जनप्रतिनिधी निर्वाचित भए, अहिले उनीहरुका कृयाकलापले प्रतिबिम्ब गरेको छ ।

जनप्रतिनिधी जनताको विश्वास लिएर जितेका हुन तर, चुनाव जितेपछि सारा संसार नै जितेजस्तो हुर्मतका साथ केही जनप्रतिनिधी गैर कानुनी गतिबिधीदेखि समाजिक मार्यादा बिरुद्धका गतिबिधीमा संलग्न भएका घटना बाहिरिन थालेका छन ।

यस्तै एमालेबाट शुक्लाफाँटा नगरपालिका ९ वडा सदस्यमा निर्वाचित घुम्नीदेवी डगौरा परपुरुषसंग भागेपछि पक्राउ परेकी छिन । उनलाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ । जेठ २३ गते एकाएक हराएकी जनप्रतिनिधी बाकेकाे सम्झना चाेकका लेखराम थारुसंग भागेको घुम्निदेबिका आफन्तले बताएका छन ।

उनलाई भगाउने व्यक्तिले थप २ जना पठाएर घुम्निलाई यहाँ पठाएको छ । भगाउने व्यक्ति भारतमा रहेकाे घुम्निका आफन्तले बताएका छन । पारिवारिक श्राेतका अनुसार एमाले बाट निर्वाचित घुम्निले विभिन्न बित्तिय संस्था र परिवारकाे कमाईकाे पैसा समेत करिव ७ लाख बढि लगेर भागेकाे बताएका छन । घर लगाउने पैसा थियाे सामानकने पैसा तिर्छु भन्दै पैसा निकालेर लगेकाे तर कतै पैसा नतिर्काे बताएका छन ।
घुम्निका १ छाेरा र २ छाेरि छन छाेरिहरुकाे बिवाह गरेर नातिनातिना रहेका छन भने उनी भागेर गएका लेखराम थारुका समेत छाेरा छाेरि रहेकाे पारिवारिक स्राेतले बताएको छ ।

कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादृुर चन्दले केही दिन पहिले घरबाट हराएकी वडा सदस्य घुम्नीदेवी डगौराको घर परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको बताए । प्रहरीमा निवेदन दिएपछि हराएकी डगौरा फेला परेपछि घर परिवार र उनकै श्रीमानलाई बोलाएर बुझाउन खोज्दा बुझ्न नमानेको बताए ।

‘घुम्नीदेवी डगौराका श्रीमानले श्रीमती बुझ्न मानेन, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अहिले हामीले सेफहाउसमा राखेका छौँ ।’  भाेलि दुबै पक्ष बसेर छलफल गर्ने प्रहरिले बताएको छ । तर घुम्निका पुर्व पति लाल बहादुर डगाैराका आफन्तले प्रहरिले आफ्नाे निवेदन दर्ता नगरेकाे बताएका छन ।
उनका श्रीमानले परपुरुषसंग भागेपछि नबुझ्ने भन्दै अडान लिएको शुक्लाफाँटा नगरका जनप्रतिनिधीले बताएका छन ।
यसरी जनप्रतिनिधीले जनतालाई सहज गराउने भन्दापनि आफै गैरकानुनि कामकाजमा संलग्न भएपछि जनता हैरान भएका छन ।


#जनप्रतिनिधि बहुबिवाह गर्न हिडेपछि

प्रतिक्रिया