Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार ०१ गते शुक्रबार

कंचनपुरका पालिकाहरुकाे कराेडाै रकम खानामा सकियाे, यस्ताे छ बिवरण ।

कञ्चनपुरका स्थानीय तहहरुले खाना तथा विविध शिर्षकमा लाखौं खर्च गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा कञ्चनपुरका स्थानीय तहले विविध तथा खानामा लाखौं खर्च गरेका हुन्। 

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार खाना तथा विविध शिर्षकमा बेलौरी नगरपालिकाले सबैभन्दा बढी र बेलडाँडी गाउँपालिकाले सबैभन्दा कम खर्च गरेको छ। 

बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८ सय १० रुपैयाँ खर्च गरेको छ भने बेलडाँडीले १० लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ। 

खाना तथा विविधमा कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३ सय २४ रुपैयाँ, बेदकोट नगरपालिकाले ३१ लख ४६ हजार २ सय ८५ रुपैयाँ, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ६५ रुपैयाँ खर्च गरेको छ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९ सय ६४ रुपैयाँ, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार रुपैयाँ, दोधाराचाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८ सय १८ रुपैयाँ र लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ। 


#पालिकाकाे बजेट खानामा

प्रतिक्रिया